११ श्रावण २०८२, शनिबार

सिरहामा खोला किनारमा बोराभित्र शव फेला

१२ चैत, जनकपुरधाम ।

सिरहामा खोला किनारमा बोरामा एकजनाको शव भेटिएको । गोलबजार नगरपालिका-९ गोविन्दपुरस्थित घुर्मी खोला किनारमा बोराभित्र राखेर गाडिएको अवस्था शव फेला परेको मिर्चैयाका डीएसपी पञ्चकुमार बाखुले बताए ।  उनका अनुसार मंगलबार बिहान १० बजेतिर गोठालोहरूले दुर्गन्ध फैलिएको र त्यहाँ हाड हेरेपछि प्रहरीलाई खबर गरेका थिए ।
सब अत्यन्त कुहिसकेको अवस्थामा रहेको बताए ।

‘शव सडेको अवस्थामा फेला परेको छ। त्यसकारण शव कस्को हो भन्ने पहिचन गर्न कठिन छ,’ उनले भने, ‘ शव परीक्षणका लागि अस्पताल पठाउने तयारी गर्दैछौं ।’ घटनास्थलमा प्रहरी टोली पुगिसकेको र घटनाबारे अनुसन्धान भइरहेको उनले बताए ।

प्रहरीका अनुसार केही दिनअघिदेखि गाउँकी १३ वर्षीया बालिका गुल्सना खातुन हराइरहेकी छन् । उनको खोजी कार्य भइरहे पनि अहिलेसम्म फेला पर्न नसकेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?