भोलि शीर्ष नेताको बैठक, संक्रमणकालीन न्यायबारे छलफल हुने

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, चैत्र १०, २०८१
|
|
५० पटक हेरिएको
Shares
भोलि शीर्ष नेताको बैठक, संक्रमणकालीन न्यायबारे छलफल हुने

सारांश

  • १० चैत, काठमाडौं ।
  • सरकारले संक्रमणकालीन न्यायका बारेमा अवरुद्ध प्रक्रिया अघि बढाउने प्रयास थालेको छ ।
  • त्यसको तयारीस्वरूप प्रमुख दलका शिर्ष नेताहरूबीच सोमबार अपरान्ह बैठक डाकिएको छ ।

१० चैत, काठमाडौं ।

१० चैत, काठमाडौं । सरकारले संक्रमणकालीन न्यायका बारेमा अवरुद्ध प्रक्रिया अघि बढाउने प्रयास थालेको छ । त्यसको तयारीस्वरूप प्रमुख दलका शिर्ष नेताहरूबीच सोमबार अपरान्ह बैठक डाकिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका संक्रमणकालीन न्यायसम्बन्धी सल्लाहकार अग्नि खरेलका अनुसार, बैठकको मूल एजेन्डा संक्रमणकालीन न्यायकै विषयवस्तु हो ।

‘यसअघि सर्च कमिटि गठन भएपछि काम हुन सकेन, त्यसको म्याद सकिएपछि सबै प्रक्रिया अवरुद्ध छ,’ पूर्वमहान्यायाधीवक्ता समेत रहेका खरेलले भने, ‘अस्ति जहाँबाट प्रक्रिया रोकिएको थियो, त्यसलाई अघि बढाउनेबारे छलफल गर्न बैठक डाकिएको हो । बाँकी कुरा उहाँहरूले अघि बढाउनुहुन्छ होला ।’

संक्रमणकालीन न्यायसम्बन्धी कानुन संशोधनपछि सरकारले सत्यनिरूपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगका अध्यक्ष र सदस्यहरू छनोट गर्न समिति गठन गरेको थियो । पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्र नेतृत्वको समितिले आवेदन आह्वान गर्ने, सूची बनाउने र आवेदकहरूसँग अन्तर्वार्ता गर्ने लगायतका प्रक्रिया पूरा गरेपनि उनीहरूको नाम सिफारिस गर्न सकेको थिएन । कुनै निर्णय गर्न नसकेका बेला समितिको म्याद सकिएपछि सबै प्रक्रिया अवरुद्ध भएको थियो ।

‘संक्रमणकालीन न्याय छिटो टुंग्याउने विषय हो, यसलाई लम्ब्याउनु हुँदैन भन्नेमा सबै नेताहरु एकमत देखिनुहुन्छ,’ खरेलले भने, ‘तर त्यो समितिको म्याद सकिएपछि अरू प्रक्रिया अघि नबढेकाले प्रक्रिया अवरुद्ध भयो, त्यसलाई गति दिनुपर्छ भनेर बैठक बोलाइएको हो ।’ कुनै एजेन्डा तय नभएपछि सोमबारको बैठकमा अर्को समिति गठन र त्यही सेरोफेरोको विषयमा छलफल हुने खरेलले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

झापाबाट प्रधानमन्त्री ओलीको टिप्पणी : गाडीको हुटमा चढेर हात हल्लाउँदै हिँडेर राजा आउँदैनन्
झापाबाट प्रधानमन्त्री ओलीको टिप्पणी : गाडीको हुटमा चढेर हात हल्लाउँदै हिँडेर राजा आउँदैनन्
अविरल वर्षा : ३० जनाको मृत्यु, ११ बेपत्ता
अविरल वर्षा : ३० जनाको मृत्यु, ११ बेपत्ता
बागमती सरकारबाट बाहिरियाे एमाले, मन्त्रीहरुले बुझाए राजीनामा
बागमती सरकारबाट बाहिरियाे एमाले, मन्त्रीहरुले बुझाए राजीनामा
१३ अंक बढ्यो सेयर बजार
१३ अंक बढ्यो सेयर बजार
यु-१९ महिला विश्वकपमा अष्ट्रेलियासँग पराजित भएसँगै नेपालको यात्रा टुङ्गियो
यु-१९ महिला विश्वकपमा अष्ट्रेलियासँग पराजित भएसँगै नेपालको यात्रा टुङ्गियो
डिजिटल भुक्तानीमा सरकारले लगाएको भ्याट विरुद्धको रिट खारेज
डिजिटल भुक्तानीमा सरकारले लगाएको भ्याट विरुद्धको रिट खारेज
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै
लोकतन्त्र चुनौतीहरूको सामना गरिरहेको छ, सञ्चार जगतले भूमिका खेल्नुपर्छः परराष्ट्रमन्त्री
लोकतन्त्र चुनौतीहरूको सामना गरिरहेको छ, सञ्चार जगतले भूमिका खेल्नुपर्छः परराष्ट्रमन्त्री
एक करोड १५ लाख लिटर दूध प्रशोधन
एक करोड १५ लाख लिटर दूध प्रशोधन
वीरगञ्ज महानगरपालिकाद्वारा तरकारी तथा फलफूल बजार सञ्चालन
वीरगञ्ज महानगरपालिकाद्वारा तरकारी तथा फलफूल बजार सञ्चालन
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध

नेपाली मिति लोड हुँदैछ...