भ्रष्टाचारमा लिप्त मान्छेलाई ऊर्जामन्त्री बनाइएको छ – प्रचण्ड

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, चैत्र ९, २०८१
|
|
३० पटक हेरिएको
Shares
भ्रष्टाचारमा लिप्त मान्छेलाई ऊर्जामन्त्री बनाइएको छ – प्रचण्ड

सारांश

  • नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचारमा सबैभन्दा बढी लिप्त भएका व्यक्तिलाई अहिलेको सरकारले ऊर्जामन्त्री बनाएको भन्दै आक्रोश व्यक्त गरेका छन् ।
  • प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारका ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्रीको जिम्मेवारीमा नेपाली कांग्रेसका नेता दीपक खड्का छन् ।
  • पूर्वप्रधानमन्त्री समेत रहेका माओवादी अध्यक्ष प्रचण्डले खड्कालाई भ्रष्टाचारमा लिप्त भएको आरोप लगाएका हुन् ।

९ चैत, काठमाडौं ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचारमा सबैभन्दा बढी लिप्त भएका व्यक्तिलाई अहिलेको सरकारले ऊर्जामन्त्री बनाएको भन्दै आक्रोश व्यक्त गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारका ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्रीको जिम्मेवारीमा नेपाली कांग्रेसका नेता दीपक खड्का छन् । पूर्वप्रधानमन्त्री समेत रहेका माओवादी अध्यक्ष प्रचण्डले खड्कालाई भ्रष्टाचारमा लिप्त भएको आरोप लगाएका हुन् ।

शनिबार चितवनमा आयोजित जनतासँग माओवादी तराई–मधेश जागरण अभियान जिल्ला समन्वय समितिद्वारा आयोजित जागरण सभालाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाए । ‘राष्ट्रपतिले स्वास्थ्यमन्त्रीमा स्वास्थ्यसम्बन्धी ज्ञान भएकोे मान्छेलाई बनाउन पाउनुपर्‍यो । शिक्षामन्त्री शिक्षासम्बन्धी राम्रोे ज्ञान भएको मान्छेलाई बनाउन पाउनुपर्‍यो,’ प्रचण्डले भने, ‘अहिले त भएको के छ ? मन्त्रीका अनुहारहरू हेनुैभयो भने, जो सबैभन्दा बढी भ्रष्टाचारमा लिप्त छ, उसैलाई ऊर्जामन्त्री दिएको छ ।

अझै लुट भनेर ।’ अहिलेको सरकारले राम्रो काम गर्नेलाई भने चिथोर्ने काम गरेको प्रचण्डको भनाइ छ ।  ‘राम्रो काम गर्नेलाई कोपरेको छ, चिथोरेको छ । जसरी हुन्छ, त्यसलाई सताएको छ,’ प्रचण्डले भने । उनले यस्तो अवस्था अन्त्य हुनका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको व्यवस्था हुुनुपर्ने पनि बताए ।

‘यदी प्रत्यक्ष कार्यकारी निर्वाचित राष्ट्रपति भयो भने, विज्ञहरूलाई मन्त्री बनाउने भयो भने विश्वविद्यालयका प्राध्यापकहरू मन्त्री हुन थाल्छन्,’ प्रचण्डले भने, ‘अनिमात्रै देशमा स्थिरता हुन्छ, विकास हुन्छ, भ्रष्टाचार रोकिन्छ ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जेनजी आन्दोलनमा राज्य पक्षबाट भएको दमनको जिम्मेवारी लिन्नँ : रमेश लेखक
जेनजी आन्दोलनमा राज्य पक्षबाट भएको दमनको जिम्मेवारी लिन्नँ : रमेश लेखक
प्रहरी वृत्त महाराजगञ्जका २ जना प्रहरीको मृ*त्यु
प्रहरी वृत्त महाराजगञ्जका २ जना प्रहरीको मृ*त्यु
नक्कली भुटानी शरणार्थी प्रकरण : आजदेखि प्रतिवादीकातर्फबाट बहस हुने
नक्कली भुटानी शरणार्थी प्रकरण : आजदेखि प्रतिवादीकातर्फबाट बहस हुने
मन्त्रिपरिषद्को बैठक बस्दै
मन्त्रिपरिषद्को बैठक बस्दै
पूर्वमन्त्री लालबाबु पण्डितलाई पत्नी शोक
पूर्वमन्त्री लालबाबु पण्डितलाई पत्नी शोक
खानेपानीको दिगो समाधान गर्न ठूला जलाशययुक्त आयोजनाको सम्भाव्यता अध्ययन भइरहेको छ : मन्त्री यादव
खानेपानीको दिगो समाधान गर्न ठूला जलाशययुक्त आयोजनाको सम्भाव्यता अध्ययन भइरहेको छ : मन्त्री यादव
भेरी अस्पतालको मेडिकल स्टोरमा आगलागी : तीन करोड क्षति
भेरी अस्पतालको मेडिकल स्टोरमा आगलागी : तीन करोड क्षति
एमालेको जागरण सभालाई सम्बोधन गर्न बुटवल जाँदै प्रधानमन्त्री ओली
एमालेको जागरण सभालाई सम्बोधन गर्न बुटवल जाँदै प्रधानमन्त्री ओली
जेनजीको मिराज समूहले गर्यो आन्दोलनको घोषणा, सरकार असफल भएको आरोप
जेनजीको मिराज समूहले गर्यो आन्दोलनको घोषणा, सरकार असफल भएको आरोप
कङ्गोमा भारी वर्षाका कारण २९ जनाको मृ*त्यु
कङ्गोमा भारी वर्षाका कारण २९ जनाको मृ*त्यु