ट्रयाक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु, ४ घाइते
८ चैत, काठमाडौं ।
म्याग्दीमा ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बिहीबार राति म्याग्दीको धवलागिरि गाउँपालिका– २ लुलाङको पाखापानी स्थित नकटेडाँडा नजिकै भएको दुर्घटनामा अन्य चार जना घाइते भएका छन् ।
दुर्घटनामा १८ वर्षीय देविन बिक र २१ वर्षका पूर्णलाल रसाइलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । पूर्णलालको घटनास्थलमै मृत्यु भएको हो भने देविनको लुलाङ स्वास्थ्य चौकीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घाइतेमध्ये एक जनालाई थप उपचारका लागि पोखराको मणि पाल पठाइएको छ । अन्य तीन जनाको बेनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । ट्रयाक्टर सडकबाट करिब डेढ सय मिटर तल खसेर खोँचमा अड्किएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment