‘खाद्यान्न आयात अन्त्यका निम्ति कृषिको आधुनिकीकरण अपरिहार्य’
७ चैत, काठमाडौँ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले खाद्यान्न आयात गर्नुपर्ने अवस्थाको अन्त्यका निम्ति कृषिको आधुनिकीकरण अपरिहार्य भएको बताउनुभएको छ । दक्षिण एसियाली किसान सम्मेलनको आज यहाँ उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले ६० प्रतिशत जनता कृषिमा संलग्न भए पनि परम्परागत कृषिका कारण खाद्यान्नमा आत्मनिर्भर र निर्यात गराउनसक्ने अवस्था हुन नसकेको बताउनुुभयो ।
उहाँले युवालाई विदेश पलायन हुन रोकेर साना तथा घरेलु उद्योगमार्फत आधुनिक कृषिको विकासबाट मुलुकलाई आत्मनिर्भर बनाउनुपर्छ भन्नुभयो । सम्मेलनमा दक्षिण एसियाका विभिन्न देशका २५ बढी किसान सङ्गठनका प्रतिनिधि सहभागी छन् ।
दुईदिने सम्मेलनमा दक्षिण एसियाली किसानका समस्या र तिनको समाधानका उपायबारे छलफल हुने जनाइएको छ ।
(रासस)
Related posts:
राजनीतिमा को कतिबेला जेल पर्छ भन्न सकिँदैनः प्रधानमन्त्री ओली
अहिले बैंकहरुको लाइसेन्स बाँड्न सकिन्नः डेपुटी गभर्नर ढुंगाना
देशको लागि जीवन आहूति दिने नेताहरुमाथि नकारात्मक टिप्पणी गर्नु हुँदैनः प्रधानमन्त्री ओली
समितिमा मन्त्री नआएपछि सांसदहरुको आक्रोशः मन्त्री र सरकार जवाफदेही नभए समिति नै खारेज गरौँ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment