‘प्रधानमन्त्रीसँग प्रश्नोत्तर’ कार्यक्रम सांसद साहद्वारा बहिष्कार
७ चैत, काठमाडौँ ।
प्रधानमन्त्री केपी शर्मा ओलीसँग सांसदहरूको प्रश्नोत्तर कार्यक्रम सांसद प्रभु साहले बहिष्कार गरेका छन् । अघिल्लो प्रश्नोत्तर कार्यक्रममा साहले सोधेको प्रश्नको जवाफ प्रधानमन्त्री ओलीले दिएका थिएनन् । आजकै बैठकको आकस्मिक समयमा बोल्दै सांसद साहले कार्यसूचीबाटै ‘प्रधानमन्त्रीसँग प्रश्नोत्तर’ कार्यक्रम हटाउन आग्रह गर्दै बहिष्कार गर्ने चेतावनी दिएका थिए ।
तर, माग सम्बोधन नभएपछि साहले बैठक बहिष्कार गरेका हुन् । उनी संसद् बैठकबाट बाहिरिएका छन् । सांसद साहले यसलाई औचित्यहीन भएको बताउँदै आएका छन् । प्रधानमन्त्रीबाट जवाफ नआउनुले सिङ्गो संसद्, सभामुखको गरिमामा समेत प्रश्न उठेको साहले बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
1
+1
+1
+1
Post Comment