२७ जेष्ठ २०८२, सोमबार

सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोवार ?

 

काठमाडौं नेपाली बजारमा आज (बुधबार) सुन–चाँदीको मूल्य केहि अंकले बढेको छ । मंगलबार प्रतितोला पाँच सय रूपैयाँ घटेको सुनको भाउ आज प्रतितोला ६ सय रूपैयाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ७० हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ ।

मंगलबार छापावाल सुन प्रतितोला एक लाख ६९ हजार नौ सय रूपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य प्रतितोला दुई हजार रूपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी प्रतितोला एक हजार नौ सय ७० रूपैयाँमा कारोबार भएको थियो । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ३० रूपैयाँ बढेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?