पाकिस्तानमा हतियारधारी समूहले मंगलबार यात्रुवाहक रेल ‘हाइज्याक’

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, फाल्गुन २७, २०८१
|
|
३१ पटक हेरिएको
Shares
पाकिस्तानमा हतियारधारी समूहले मंगलबार यात्रुवाहक रेल ‘हाइज्याक’

सारांश

  •  समाचार एजेन्सीहरूका अनुसार ‘जाफर एक्सप्रेस’ नाम गरेको रेललाई ‘बलुच लिब्रेशन आर्मी’ नामक उग्रवादी संगठनले नियन्त्रणमा लिएको हो ।
  • उक्त संगठनले रेलमा रहेका सुरक्षाकर्मीसहित यात्रीलाई नियन्त्रणमा लिइएको दाबी गरेको छ ।
  • उक्त रेल क्वेटाबाट पेशावरतर्फ जाँदै गरेको अवस्थामा लडाकु समूहले नियन्त्रणमा लिएको बताइएको छ ।

२७ फागुन , काठमाडौँ : पाकिस्तानमा हतियारधारी समूहले मंगलबार यात्रुवाहक एउटा रेल नियन्त्रणमा लिएको छ ।  समाचार एजेन्सीहरूका अनुसार ‘जाफर एक्सप्रेस’ नाम गरेको रेललाई ‘बलुच लिब्रेशन आर्मी’ नामक उग्रवादी संगठनले नियन्त्रणमा लिएको हो ।उक्त संगठनले रेलमा रहेका सुरक्षाकर्मीसहित यात्रीलाई नियन्त्रणमा लिइएको दाबी गरेको छ ।

उक्त रेल क्वेटाबाट पेशावरतर्फ जाँदै गरेको अवस्थामा लडाकु समूहले नियन्त्रणमा लिएको बताइएको छ ।  प्रान्तीय सरकारले स्थानीय प्रशासनलाई आपत्कालीन उपाय अवलम्बन गर्न निर्देशन दिएको समाचार एजेन्सीहरूले जनाएका छन् । बलुचिस्तान सरकारका प्रवक्ता शाहिद रिन्दले लडाकु समूहले रेलमा हमला गरेको पुष्टि गरे । यद्यपि, यस विषयमा उनले थप विवरण आउन बाँकी रहेको जनाएका छन् ।

भौगोलिक विकटताका कारण सो क्षेत्रमा सरकारी अधिकारी तथा सुरक्षाकर्मी पुग्न समय लाग्ने उनको भनाइ छ । रेलवे विभागले सो क्षेत्रमा उद्धारका लागि अन्य रेल पठाउने तयारी गरेको बताइएको छ । उक्त रेलमा ९ वटा कोच रहेको र करिब पाँच सय यात्री रहेको पाकिस्तानी सञ्चारमाध्यम ‘डन’को अनलाइन संस्करणमा उल्लेख छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जंगी अड्डा अगाडि बम राखेको हल्ला फैलाएको आरोपमा एकजना पक्राउ
जंगी अड्डा अगाडि बम राखेको हल्ला फैलाएको आरोपमा एकजना पक्राउ
भारत सरकारद्वारा नेपालका विभिन्न जिल्लालाई एम्बुलेन्स र स्कुल बस उपहारस्वरुप प्रदान
भारत सरकारद्वारा नेपालका विभिन्न जिल्लालाई एम्बुलेन्स र स्कुल बस उपहारस्वरुप प्रदान
रास्वपा सरकार बने २०४६ पछिका सबै काण्ड छानबिन गरिन्छ : रवि लामिछाने
रास्वपा सरकार बने २०४६ पछिका सबै काण्ड छानबिन गरिन्छ : रवि लामिछाने
एकीकृत समाजवादीको कोशी प्रदेश अध्यक्षमा खड्का
एकीकृत समाजवादीको कोशी प्रदेश अध्यक्षमा खड्का
माधव नेपालले तत्काल अध्यक्ष नछाड्ने, सफाइ पाउने विश्वास
माधव नेपालले तत्काल अध्यक्ष नछाड्ने, सफाइ पाउने विश्वास
सरकारी वकिलको कार्यालयमा रविको वयान सुरु
सरकारी वकिलको कार्यालयमा रविको वयान सुरु
नेपालको सहमतिबिना भूमि प्रयोग गर्न खोज्नु अनुचित : शंकर पोख्रेल
नेपालको सहमतिबिना भूमि प्रयोग गर्न खोज्नु अनुचित : शंकर पोख्रेल
मन्त्री छान्न सघन परामर्शमा प्रधानमन्त्री कार्की
मन्त्री छान्न सघन परामर्शमा प्रधानमन्त्री कार्की
‘अप्ठ्यारो परिस्थितिमा मुलुकको नेतृत्व गर्न कांग्रेस सफल’
‘अप्ठ्यारो परिस्थितिमा मुलुकको नेतृत्व गर्न कांग्रेस सफल’
ऐतिहासिक सम्पदाको संरक्षण गर्नु हाम्रो साझा दायित्वः राष्ट्रपति
ऐतिहासिक सम्पदाको संरक्षण गर्नु हाम्रो साझा दायित्वः राष्ट्रपति