कुशल र आरिफको अर्धशतकमा लुम्बिनीलाई पुलिसले दियो २५० रनको लक्ष्य
२६ फागुन, काठमाडौं : प्रधानमन्त्री कप अन्तर्गत नेपाल पुलिस क्लबले लुम्बिनी प्रदेशलाई २५० रनको विजयी लक्ष्य दिएको छ । भैरहवाको एक्सट्राटेक ओभलमा आज टस जितेर ब्याटिङ गरेको पुलिसले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै २४९ रन बनाएको हो । पुलिसका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ५९ रन बनाए । उनले ७५ बलमा ६ चौका र १ छक्का प्रहार गरे ।
अमित श्रेष्ठले २२ रन बनाउँदा आरिफ शेखले ५६ रन बनाउँदै अर्धशतकीय पारी खेलेका हुन् । दिलिप नाथले ३४ रन बनाए । गुल्सन झा ३५ रन र रासिद खान ४ रनमा अविजित रहे । अन्य ब्याटरको ब्याटबाट भने दोहोरो अंकमा रन बनाउन सकेनन् । लुम्बिनीका लागि कृष्ण कार्की र रमेश कुर्मीले समान ३–३ विकेट लिए । लुम्बिनीले पहिलो खेलमा कोशी प्रदेशलाई हराएको थियो । पुलिसको भने यो प्रतियोगितामा पहिलो खेल हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment