काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, फाल्गुन २५, २०८१
|
|
३८ पटक हेरिएको
Shares
काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त

सारांश

  • राजावादीहरुको प्रदर्शनका कारण काठमाडौं उपत्यकाको सवारी आवागमन प्रभावित भएको छ ।
  • तीनकुनेबाट सिनामंगलतर्फ जाने मुख्य सडक बन्द भएको छ ।
  • राजावादीहरु तीनकुनेमा भेला भएर सिनामंगलस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्म पुग्ने सडक खालि छ ।

 

२५ फागुन, काठमाडौं । राजावादीहरुको प्रदर्शनका कारण काठमाडौं उपत्यकाको सवारी आवागमन प्रभावित भएको छ । तीनकुनेबाट सिनामंगलतर्फ जाने मुख्य सडक बन्द भएको छ । राजावादीहरु तीनकुनेमा भेला भएर सिनामंगलस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्म पुग्ने सडक खालि छ ।

नियमित रुटबाट गन्तव्यमा पुग्न नपाएपछि यात्रुहरु मर्कामा परेका छन् । उपत्यका ट्राफिक प्रहरी कार्यालयले वैकल्पिक सडक प्रयोग गरेर गन्तव्यमा पठाइरहेको छ ।यसअघि राप्रपाले बिजुलीबजारबाट नारायणहिटी दरबारसम्म मोटरसाइकल र्‍याली निकाल्दा पनि ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको थियो । आज पूर्वराजा ज्ञानेन्द्र शाह एक साता लामो पोखरा बसाइपछि काठमाडौं फर्किन लागेकाले उनको स्वागतमा राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा र कमल थापा नेतृत्वको राप्रपा नेपाल लगायतले आफ्ना कार्यकर्ताहरुलाई आ–आफ्नै ढंगले उतारेका छन् । कलाकार सन्तोष पन्त, धार्मिक गुरुहरु लगायत पनि ज्ञानेन्द्र शाहको स्वागतमा विमानस्थलको गेट अगाडि भेला भएका छन् ।

राजावादीहरुले काठमाडौं उपत्यका आसपासका जिल्लाबाट समेत कार्यकर्ताहरुलाई ओसारेका छन् । उनीहरु राष्ट्रिय झण्डा, फूलमाला र ज्ञानेन्द्र शाहको तस्वीर अंकित ब्यानर एवम् पम्प्लेटसहित उपस्थित भएका छन् । राप्रपा र राप्रपा नेपालबाहेक अनिल बस्नेत नेतृत्वको शिव सेना नेपाल, दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियान, प्रसाईं समर्थित नागरिक प्रतिरक्षा बल (पीडीएफ), राष्ट्र शक्ति नेपाल, नेवाः एकता तथा नागरिक समाज लगायत पनि पूर्वराजा शाहको स्वागतमा सडकमा उत्रिएका छन् । काभ्रे, भक्तपुर, ललितपुर, कीर्तिपुर, नागार्जुन तर्फबाट आउनेहरुको ¥याली तिनकुनेमा जम्मा भएर विमानस्थलतर्फ अगाडि बढेको छ ।

यसैगरी गोकर्णेश्वर, कागेश्वरी, शंखरापुर, बूढानीलकण्ठ, तारकेश्वर, धादिङ र नुवाकोट भएरबाट आउनेहरु महाराजगञ्ज, चाबहिल हुँदै गौशाला क्षेत्रमा भेला भएर विमानस्थलतर्फ अगाडि बढेको छ । अहिले विमानस्थलको मुख्य गेट (गोल्डेन गेट) अगाडि ज्ञानेन्द्र शाहका समर्थकहरुको भिड जम्मा भएको छ । उनीहरुलाई रोक्न सडकको दुवैतर्फ सुरक्षाकर्मीहरु तैनाथ छन् । नेपाल प्रहरीको सशस्त्र प्रहरी गणका सुरक्षाकर्मीहरु खटाइएको छ । पूर्वराजा शाहको स्वागतमा विभिन्न दल र समूहहरु सडकमा उत्रिएपछि काठमाडौंको सुरक्षा प्रबन्ध चुस्त बनाइएको छ । भिड अनियन्त्रित हुन नदिन र अवाञ्छित क्रियाकलाप रोक्न सुरक्षाकर्मीहरुलाई हाई अलर्टमा राखिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य, धनन्जयले लिए तीन विकेट
चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य, धनन्जयले लिए तीन विकेट
आज राष्ट्रियसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
आज राष्ट्रियसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
वीरगञ्जमा प्रदर्शनकारीले लगाए नेपाल टेलिकमको कार्यालयमा आगो
वीरगञ्जमा प्रदर्शनकारीले लगाए नेपाल टेलिकमको कार्यालयमा आगो
सशस्त्र प्रहरी सहायक निरीक्षक छत्यालबाट सगरमाथाको सफल आरोहण
सशस्त्र प्रहरी सहायक निरीक्षक छत्यालबाट सगरमाथाको सफल आरोहण
लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ
लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ
जेनजी आन्दोलन जाँचबुझ आयोगले रवि लामिछानेसँग सोधपुछ गर्दै
जेनजी आन्दोलन जाँचबुझ आयोगले रवि लामिछानेसँग सोधपुछ गर्दै
भ्रष्टाचार मुद्दामा दोषी ठहर नेपाल बैंकका पूर्वउपप्रबन्धक १३ वर्षपछि पक्राउ
दलहरूबीच जुटेन सहमति, संसद् बैठक भोलिसम्मका लागि स्थगित
दलहरूबीच जुटेन सहमति, संसद् बैठक भोलिसम्मका लागि स्थगित
मेरो राजनीतिक ‘करियर’ समाप्त पार्ने ओलीकाे चाहना हो : माधव नेपाल
मेरो राजनीतिक ‘करियर’ समाप्त पार्ने ओलीकाे चाहना हो : माधव नेपाल
महाकाली नदीले खतराको तह नाघेपछि शारदा ब्यारेजका सबै ढोका खोलिए
महाकाली नदीले खतराको तह नाघेपछि शारदा ब्यारेजका सबै ढोका खोलिए