१२ श्रावण २०८२, आईतवार

च्याम्पियन्स ट्रफीको उपाधिका लागि भारत र न्युजिल्यान्डको भिडन्त

 

२५ फागुन, काठमाण्डाै – आईसीसी च्याम्पियन्स ट्रफीको उपाधिका लागि आज भारत र न्युजिल्यान्ड खेल्दैछन् । फाइनल खेल दुबईमा दिउँसो पौने ३ बजे पछि शुरू हुनेछ । भारतले अस्ट्रेलियालाई र न्युजिल्यान्डले दक्षिण अफ्रिकालाई हराउँदै फाइनलमा पुगेका हुन् ।

आईसीसी प्रतियोगितामा यी दुई टोलीबीच १२ पटक भेट भएकोमा भारत र न्युजिल्यान्डले ६/६ खेल जितेका छन् । आईसीसी नकआउट प्रतिस्पर्धामा यी दुई टोलीबीच अहिलेसम्म ४ पटक भेट भएकोमा न्युजिल्यान्डले ३ खेल जितेको छ । न्युजिल्यान्डले सन् २००० को च्याम्पियन्स ट्रफी फाइनल, सन् २०१९ को विश्वकप सेमिफाइनल र सन् २०२१ को विश्व टेस्ट च्याम्पियन्स ट्रफी फाइनलमा भारतलाई हराएको छ ।

 

भारतले सन् २०२३ को विश्वकप सेमिफाइनलमा न्युजिल्यान्डलाई हराएको छ । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा यी दुई टोलीबीच १ सय १९ पटक भेट भएकोमा भारतले ६१ र न्युजिल्यान्डले ५० खेल जितेको छ । यस्तै १ खेल बराबरीमा सकिँदा ७ खेल नतिजाविहीन छ । भारतले सन् २०१३ मा पहिलो पटक च्याम्पियन्स ट्रफीको उपाधि जितेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?