२६ जेष्ठ २०८२, आईतवार

वुमन्स डे कपको पहिलो खेलमा नेपालले नामिबियासँग खेल्दै

 

२४ फागुन, काठमाडौं । अन्तर्राष्ट्रिय महिला दिवसकै दिन पारेर आजदेखि युगाण्डामा चार देश सम्मिलित वुमन्स डे कप सुरु हुँदै छ । युगाण्डा, नेपाल, नामिबिया र हङकङ सम्मिलित टी-२०आई शृंखलामा आज दुई खेल हुँदै छन् । पहिलो खेलमा युगाण्डा र हङकङ खेल्दै छन् । दोस्रो खेलमा नेपाल र नामिबिया खेल्ने छन् । नेपालको खेल अपराह्न पौने ५ बजेदेखि सुरु हुनेछ ।

नेपालले महिला क्रिकेटमा पहिलोपटक नामिबियासँग खेल्न लागेको हो । यस शृंखलामा खेल्ने अन्य टोलीहरूसँग भने नेपाल पहिले पनि खेलिसकेको छ । आईसीसीको महिला टी-२०आई वरियतामा नेपाल २१औं, हङकङ २२औं, युगाण्डा १८औं र नामिबिया १७औं स्थानमा छन् । नेपालले फागुन २५ मा युगाण्डासँग, फागुन २६ मा हङकङसँग खेल्ने छ । त्यस्तै फागुन २८ मा नामिबियासँग, २९ मा युगाण्डासँग र ३० मा हङकङसँग खेल्ने छ ।

यी सबै खेलहरू सकिएपछि चारमध्ये शीर्ष २ मा हुने टोलीले फाइनल खेल्ने छन् भने बाँकी दुई टोलीले तेस्रो स्थानको लागि प्रतिस्पर्धा गर्नेछन् । नेपालको टोली : इन्दु बर्मा (कप्तान), रुबिना क्षेत्री, पुजा महतो, अलिशा कुमारी यादव, बिन्दु रावल, सम्झना खड्का, ममता चौधरी, कविता जोशी, रिया शर्मा, सना प्रवीन, रोमा थापा, राजमती ऐरी, रचना चौधरी र ईश्‍वरी विष्ट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment