२६ जेष्ठ २०८२, आईतवार

च्याम्पियन्स ट्रफी सेमिफाइनल : भारतविरुद्ध ब्याटिङमा अस्ट्रेलिया

 

२० फागुन,  नवौँ संस्करणको च्याम्पियन्स ट्रफी एकदिवसीय क्रिकेट प्रतियोगिताको पहिलो सेमिफाइनलमा भारतविरुद्ध अस्ट्रेलियाले टस जितेर ब्याटिङ रोजेको छ । भारत र अस्ट्रेलियाबीचको खेल दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा भइरहेको हो ।

भारत समूह ‘ए’ विजेता तथा अस्ट्रेलिया समूह ‘बी’ उपविजेताको हैसियतमा सेमिफाइनलमा भिडिरहेका हुन् । न्यूजिल्यान्ड र दक्षिण अफ्रिकाबीच दोस्रो सेमिफाइनल बुधबार पाकिस्तानको लाहोरमा हुनेछ । आठ टोली सहभागी च्याम्पियन्स ट्रफीमा समूह ‘ए’ बाट बङ्गलादेश र पाकिस्तान तथा समूह ‘बी’ बाट इङ्ग्ल्यान्ड र अफगानिस्तान भने समूह चरणबाट बाहिरिए । च्याम्पियन्स ट्रफीको फाइनल खेल ९ मार्चमा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?