खानेपानीमन्त्री यादव र भारतीय जलशक्तिमन्त्री पाटिलद्वारा समझदारीपत्रमा हस्ताक्षर

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, फाल्गुन १९, २०८१
|
|
२२ पटक हेरिएको
Shares
खानेपानीमन्त्री यादव र भारतीय जलशक्तिमन्त्री पाटिलद्वारा समझदारीपत्रमा हस्ताक्षर

सारांश

  • भारतको राजधानी नयाँदिल्लीमा आयोजित एक विशेष कार्यक्रमबीच खानेपानी, सरसफाइ तथा स्वच्छता क्षेत्रको विकाससम्बन्धी महत्वपूर्ण समझदारीपत्रमा नेपाल सरकारका तर्फबाट मन्त्री यादव तथा भारत सरकारका तर्फबाट जलशक्तिमन्त्री सिआर पाटिलले उक्त सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ई रामकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
  • उहाँले भन्नुभयो, “भारत र नेपाल सरकारबीच खानेपानी, सरसफाइ र फोहोर व्यवस्थापन क्षेत्रमा सहयोग विस्तार गर्न सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
  • खानेपानीको स्रोतको विकास, स्वच्छ पानीको पहुँच, सरसफाइ प्रवद्र्धन, फोहोर व्यवस्थापन र नेपाल सरकारको प्रयासलाई सशक्त बनाउने सम्झौतापत्रको लक्ष्य छ ।

काठमाडौँ, १९ फागनुः खानेपानीमन्त्री प्रदीप यादव तथा भारत सरकारका जलशक्तिमन्त्री सिआर पाटिलले आज खानेपानी, सरसफाइ तथा स्वच्छता (वास) क्षेत्रको विकाससम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गर्नुभएको छ । भारतको राजधानी नयाँदिल्लीमा आयोजित एक विशेष कार्यक्रमबीच खानेपानी, सरसफाइ तथा स्वच्छता क्षेत्रको विकाससम्बन्धी महत्वपूर्ण समझदारीपत्रमा नेपाल

सरकारका तर्फबाट मन्त्री यादव तथा भारत सरकारका तर्फबाट जलशक्तिमन्त्री सिआर पाटिलले उक्त सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ई रामकुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “भारत र नेपाल सरकारबीच खानेपानी, सरसफाइ र फोहोर व्यवस्थापन क्षेत्रमा सहयोग विस्तार गर्न सम्झौतापत्रमा हस्ताक्षर भएको छ । खानेपानीको स्रोतको विकास, स्वच्छ पानीको पहुँच, सरसफाइ प्रवद्र्धन, फोहोर व्यवस्थापन र नेपाल सरकारको प्रयासलाई सशक्त बनाउने सम्झौतापत्रको लक्ष्य छ ।”

भारत र नेपाल दुवै देशहरूबीच मैत्रीपूर्ण सहकार्यलाई प्रवद्र्धन गर्ने र स्वच्छता क्षेत्रमा अन्तर–सरकारी सहकार्यलाई सुदृढ, जल सुरक्षासम्बन्धी नेपाल सरकारका प्रयास तथा चिन्ताहरूलाई स्वीकार गर्दै, नेपालमा सुरक्षित खानेपानीको पहुँच सुनिश्चित गर्ने र सुरक्षित वातावरणमा जनताको जीविकोपार्जनलाई सक्षम तुल्याउने उद्देश्य लिइएको छ ।  सम्झौतामा भूमिगत पानी व्यवस्थापन, प्रविधि तथा सूचना आदानप्रदान, बर्सातको पानी सङ्कलन तथा मापन, प्रविधि साझेदारी, नेपाल सरकारलाई प्रविधि तथा तालिम सहयोग रहने उल्लेख छ ।

कार्यक्रममा भारतका लागि नेपालका राजदूत शङ्करप्रसाद शर्मा, नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तब, भारत सरकारको जलशक्ति मन्त्रालयका सचिवद्वय अशोक मिणा, देवश्री मुर्खजी, नेपाली राजदूतावासका उपनियोग प्रमुख डा सुरेन्द्र थापा, खानेपानी मन्त्रालयका सचिव ई प्रमिलादेवी शाक्य बज्राचार्य, सहसचिव ई मीना श्रेष्ठ, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ई रामकुमार श्रेष्ठलगायतको सहभागिता छ । मन्त्री यादव भोलि मङ्गलबार स्वदेश फर्किनु हुने तालिका छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यस्ता छन् मन्त्रिपरिषद् बैठकको निर्णयहरु [सूचीसहित]
यस्ता छन् मन्त्रिपरिषद् बैठकको निर्णयहरु [सूचीसहित]
अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताका लागि दुई नयाँ खेलाडीसहित नेपाली टोली घोषणा
अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताका लागि दुई नयाँ खेलाडीसहित नेपाली टोली घोषणा
गणतन्त्र दिवस : वीरगञ्जका कैदीबन्दीद्वारा रक्तदान
गणतन्त्र दिवस : वीरगञ्जका कैदीबन्दीद्वारा रक्तदान
कुवेत पुर्‍याई मानव बेचबिखन गरेको अभियोगमा दुई जना पक्राउ
कुवेत पुर्‍याई मानव बेचबिखन गरेको अभियोगमा दुई जना पक्राउ
नेपाल बीमा प्राधिकरण अध्यक्षको जिम्मेवारी सचिव चन्द्रकला पौडेललाई
नेपाल बीमा प्राधिकरण अध्यक्षको जिम्मेवारी सचिव चन्द्रकला पौडेललाई
प्रधानमन्त्रीले नदीनाला भारतलाई बेचने काम गरे : राजेन्द्र लिङ्देन
प्रधानमन्त्रीले नदीनाला भारतलाई बेचने काम गरे : राजेन्द्र लिङ्देन
डीपी अर्याल केपी ओलीलाई भेट्न भक्तपुरस्थित गुण्डु निवासमा
डीपी अर्याल केपी ओलीलाई भेट्न भक्तपुरस्थित गुण्डु निवासमा
ललितपुरमा आज पनि निषेधाज्ञा र कर्फ्यु जारी
ललितपुरमा आज पनि निषेधाज्ञा र कर्फ्यु जारी
प्रधानमन्त्रीलाई विश्वासको मत नदिन एमालेको ह्वीप
प्रधानमन्त्रीलाई विश्वासको मत नदिन एमालेको ह्वीप
बैंकिङ तरलता थुप्रिएपछि फेरि ५० अर्ब खिच्दै राष्ट्र बैंक
बैंकिङ तरलता थुप्रिएपछि फेरि ५० अर्ब खिच्दै राष्ट्र बैंक