२६ जेष्ठ २०८२, आईतवार

दोलखाको नाशा हाइड्रोपावरमा कार्यरत रोल्पाका बजिन्द्र मृत फेला

 

१६ फागुन, काठमाडौं । दोलखाको नाशा हाइड्रोपावरमा कार्यरत एक जना कामदार मृत फेला परेका छन् । मृत फेला पर्नेमा रोल्पाको सुनछहरी गाउँपालिका-३ का २३ वर्षीय बजिन्द्र घर्तीमगर छन् । हाइड्रोपावरको मादी जलजला कन्स्ट्रक्सनमा काम गर्दै आएका बजिन्द्र १४ फागुनदेखि सम्पर्कविहीन थिए ।

खोजतलास गर्दै जाने क्रममा उनको शव बिहीबार साँझ सवा ५ बजे फेला परेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । उनको शव बिगु गाउँपालिका, लामाबगरबाट देउराली जाने बाटोको भीरमा फेला परेको प्रहरीको भनाइ छ । उनको शव बाटोभन्दा करिब २ सय मिटर तल भीरमा फेला परेको प्रहरीले जनाएको छ । उनको शव पोस्टमार्टमका लागि पशुपति चौलागाईं स्मृति अस्पताल चरिकोट लगिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?