सात महिनामा चार लाख बढी नेपाली बिदेशिए, कुन महिना कति गए?

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, फाल्गुन १४, २०८१
|
|
५१ पटक हेरिएको
Shares
सात महिनामा चार लाख बढी नेपाली बिदेशिए, कुन महिना कति गए?

सारांश

  • वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार माघ मसान्तसम्ममा  चार लाख ६५ हजार ५०८ जनाले श्रम स्वीकृत लिएका हुन् ।
  •   त्यसमा दुई लाख ७४ हजार ६२२ जना भने नयाँ श्रम स्वीकृत अर्थात् पहिलो पटक वैदेशिक रोजगारमा गएका हुन् ।
  • बाँकी एक लाख ९० हजार ८८९ जना भने श्रम स्वीकृति नवीकरण गरेर वैदेशिक रोजगारमा गएको तथ्यांकमा उल्लेख छ ।

 

काठमाडौं – चालु आर्थिक वर्ष २०८१–८२ को सात महिनामा चार लाख ६५ हजार ५०८ जना नेपाली वैदेशिक रोजगारमा गएका छन् । वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार माघ मसान्तसम्ममा  चार लाख ६५ हजार ५०८ जनाले श्रम स्वीकृत लिएका हुन् ।  त्यसमा दुई लाख ७४ हजार ६२२ जना भने नयाँ श्रम स्वीकृत अर्थात् पहिलो पटक वैदेशिक रोजगारमा गएका हुन् ।

बाँकी एक लाख ९० हजार ८८९ जना भने श्रम स्वीकृति नवीकरण गरेर वैदेशिक रोजगारमा गएको तथ्यांकमा उल्लेख छ ।  चालु आवको मंसिर महिनामा वैदेशिक रोजगारमा जाने नेपाली कामदारको संख्या उच्च देखिन्छ । उक्त महिनामा ८४ हजार २२६ जना नेपाली वैदेशिक रोजगारीमा गएका थिए । त्यसमा ४२ हजार ९०६ जना नेपाली कामदार नयाँ श्रम स्वीकृति लिएका थिए ।  नयाँ श्रम स्वीकृतितर्फ भने माघ महिनामा धेरै नेपाली वैदेशिक रोजगारमा गएका छन् । माघमा ४४ हजार १८३ जना नयाँ श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा गएका छन् ।

माघमा वैदेशिक रोजगारमा जाने नेपाली कामदारको कुल संख्या भने ७२ हजार ४४१ रहेको छ ।  विभागका अनुसार साउनमा ५९ हजार ५७५, भदौमा ५७ हजार ४९३, असोजमा ५३ हजार ५२५, ७० हजार ९९०, मंसिरमा ८४ हजार २२६, पुसमा ६७ हजार २५८ र माघमा ७२ हजार ४४१ जना नेपाली कामदार वैदेशिक रोजगारमा गएका छन् ।  त्यसमा नयाँ श्रम स्वीकृति लिएर जानेमा साउनमा ३६ हजार ९२८, भदौमा ३९ हजार ५५७, असोजमा ३४ हजार १६९, कात्तिकमा ३६ हजार ८२४, मंसिरमा ४२ हजार ९०६, पुसमा ४० हजार ५५ र माघमा ४४ हजार १८३ जना रहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?