कोठामा अचेत भेटिएका मन्त्रीका स्वकीय सचिव थापाको मृत्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, फाल्गुन १३, २०८१
|
|
४० पटक हेरिएको
Shares
कोठामा अचेत भेटिएका मन्त्रीका स्वकीय सचिव थापाको मृत्यु

सारांश

  • साथीको  कोठामा अचेत अवस्थामा फेला परेका बागमती प्रदेशका सहकारी तथा गरिबी निवारण मन्त्री मदुकुमार श्रेष्ठका स्वकीय सचिव रवि थापाको उपचारको क्रममा मृत्यु भएको छ ।
  • प्रहरीका अनुसार कलंकीस्थित सहिद मेमोरियल अस्पतालमा उपचारको क्रममा उनको सोमबार राति मृत्यु भएको हो ।
  •   धादिङको धुनीबेसी नगरपालिका-९ घर भएका ३६ वर्षीय थापा कलंकीस्थित साथीको कोठामा अचेत भेटिएका थिए ।

१३ फागुन, काठमाडौं । साथीको  कोठामा अचेत अवस्थामा फेला परेका बागमती प्रदेशका सहकारी तथा गरिबी निवारण मन्त्री मदुकुमार श्रेष्ठका स्वकीय सचिव रवि थापाको उपचारको क्रममा मृत्यु भएको छ । प्रहरीका अनुसार कलंकीस्थित सहिद मेमोरियल अस्पतालमा उपचारको क्रममा उनको सोमबार राति मृत्यु भएको हो ।

धादिङको धुनीबेसी नगरपालिका-९ घर भएका ३६ वर्षीय थापा कलंकीस्थित साथीको कोठामा अचेत भेटिएका थिए । धादिङको धुनीबेसी नगरपालिका-८ घर भई काठमाडौं महानगरपालिका-१४ लिगमार्गस्थित कलंकीमा कोठा लिएर बसेका शिव कुँवरको कोठामा उनी अचेत भेटिएका हुन् । उनलाई उपचारका लागि सहिद मेमोरियल अस्पताल लगिएको थियो । उपचारको क्रममा अस्पतालमै उनको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहोराले बताए । प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पर्सामा रविको बयान सकियो, भोलि पोखरा पठाइने
पर्सामा रविको बयान सकियो, भोलि पोखरा पठाइने
चिनियाँ सुरुङ उद्धार विशेषज्ञ टोली पनि नेपालमा
चिनियाँ सुरुङ उद्धार विशेषज्ञ टोली पनि नेपालमा
प्रमुख १० सहरका सार्वजनिक स्थानमा निःशुल्क वाइफाइ उपलब्ध गराउने सञ्चार मन्त्रीको पहिलो निर्णय
प्रमुख १० सहरका सार्वजनिक स्थानमा निःशुल्क वाइफाइ उपलब्ध गराउने सञ्चार मन्त्रीको पहिलो निर्णय
रुकुमपश्चिममा ट्याक्टर दुर्घटना, ५ जनाको मृत्यु
रुकुमपश्चिममा ट्याक्टर दुर्घटना, ५ जनाको मृत्यु
काभ्रेको फर्निचर उद्योगमा आगलागी, एक जनाको मृत्यु
काभ्रेको फर्निचर उद्योगमा आगलागी, एक जनाको मृत्यु
झापामा टिपरले ठक्कर दिँदा २५ वर्षीय युवकको मृत्यु
झापामा टिपरले ठक्कर दिँदा २५ वर्षीय युवकको मृत्यु
बलात्कार गरेको आरोपमा प्रहरी इन्चार्ज पक्राउ
बलात्कार गरेको आरोपमा प्रहरी इन्चार्ज पक्राउ
विद्यालय शिक्षा विधेयकका प्रावधान पुनर्विचार गर्न राष्ट्रपति समक्ष नेशनल प्याब्सनको माग
विद्यालय शिक्षा विधेयकका प्रावधान पुनर्विचार गर्न राष्ट्रपति समक्ष नेशनल प्याब्सनको माग
कम्बोडियाको टेलिकममा प्रधानमन्त्री ओलीको २१ करोड अमेरिकी डलर लगानी रहेको दुर्गा प्रसाईँको आरोप
कम्बोडियाको टेलिकममा प्रधानमन्त्री ओलीको २१ करोड अमेरिकी डलर लगानी रहेको दुर्गा प्रसाईँको आरोप
समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक
समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक