सन्तोषी मृत्यु प्रकरण : अनुसन्धानका लागि इन्स्पेक्टर जोशी पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, फाल्गुन १३, २०८१
|
|
८२ पटक हेरिएको
Shares
सन्तोषी मृत्यु प्रकरण : अनुसन्धानका लागि इन्स्पेक्टर जोशी पक्राउ

सारांश

  • सशस्त्र प्रहरी बल (एपीएफ)की इन्स्पेक्टर सन्तोषी महतको मृत्यु प्रकरणको अनुसन्धानका लागि सशस्त्रकै इन्स्पेक्टर विवेक जोशी पक्राउ परेका छन् ।
  • आत्महत्या दुरुत्साहन मुद्दा दायर भएपछि जोशीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।
  • गत शनिवार राति पोखरास्थित हुल तथा दङ्गा व्यवस्थापन तालिम शिक्षालय लामापाटनमा इन्स्पेक्टर महत झुन्डिएको अवस्थामा मृत भेटिएकी थिइन् ।

१३ फागुन, काठमाडौँ । सशस्त्र प्रहरी बल (एपीएफ)की इन्स्पेक्टर सन्तोषी महतको मृत्यु प्रकरणको अनुसन्धानका लागि सशस्त्रकै इन्स्पेक्टर विवेक जोशी पक्राउ परेका छन् । आत्महत्या दुरुत्साहन मुद्दा दायर भएपछि जोशीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

गत शनिवार राति पोखरास्थित हुल तथा दङ्गा व्यवस्थापन तालिम शिक्षालय लामापाटनमा इन्स्पेक्टर महत झुन्डिएको अवस्थामा मृत भेटिएकी थिइन् । उनलाई आत्महत्या गर्न बाध्य पारेको कसुरमा उनीभन्दा सिनियर इन्स्पेक्टर जोशीविरुद्ध पीडितका परिवारले जिल्ला प्रहरी कार्यालय कास्कीमा जाहेरी दिएका थिए । जोशीले  सन्तोषीलाई आत्महत्या गर्न बाध्य पारेको परिवारको आरोप छ । सशस्त्र प्रहरी स्रोतका अनुसार उनीहरू प्रेम सम्बन्धमा थिए ।

घटना अनुसन्धान गर्न सशस्त्र प्रहरी बल प्रधान कार्यालयले डीआईजीको नेतृत्वमा छानबिन समिति गठन भएको थियो । एकेडेमीका डीआईजी लक्ष्मण सिंहको नेतृत्वमा समिति गठन गरिएको थियो ।  सिन्धुपाल्चोक घर भएकी महत शौचालयको बलोमा डोरीमा झुण्डिएको अवस्थामा फेला परेकी हुन् । सशस्त्र प्रहरी जवान र असई हुँदै उनी इन्स्पेक्टर भएकी थिइन् ।  उनले यसैवर्ष इन्स्पेक्टरमा नाम निकालेकी थिइन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रिय सुरक्षा परिषद्को बैठक बस्दै
राष्ट्रिय सुरक्षा परिषद्को बैठक बस्दै
सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज अन्तिम सुनुवाइ हुँदै
सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज अन्तिम सुनुवाइ हुँदै
सर्लाहीमा स्रोत नखुलेको सात लाखभन्दा बढी नेपाली रुपैयाँसहित भारतीय युवक पक्राउ
सर्लाहीमा स्रोत नखुलेको सात लाखभन्दा बढी नेपाली रुपैयाँसहित भारतीय युवक पक्राउ
सिमलताल घटनाको एक वर्ष : अझै पत्तो छैन ३९ यात्रुको अवस्था
सिमलताल घटनाको एक वर्ष : अझै पत्तो छैन ३९ यात्रुको अवस्था
अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ
अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ
लुम्बिनी प्रदेश सरकारमा तीन मन्त्रीले लिए शपथ
लुम्बिनी प्रदेश सरकारमा तीन मन्त्रीले लिए शपथ
इटालियन पेस्तोलसहित एक युवक पक्राउ
इटालियन पेस्तोलसहित एक युवक पक्राउ
डिल्लीबजार कारागारमा आगजनी, कैदीबन्दीलाई सार्ने तयारी
डिल्लीबजार कारागारमा आगजनी, कैदीबन्दीलाई सार्ने तयारी
प्रधानमन्त्री ओलीले गृहजिल्लामा एक लाख मान्छे उतार्ने, जनसभाको तयारी तिव्र
प्रधानमन्त्री ओलीले गृहजिल्लामा एक लाख मान्छे उतार्ने, जनसभाको तयारी तिव्र
ट्रान्सफर्मर मर्मत गर्ने क्रममा करेन्ट लागेर विद्युतका कर्मचारीको मृ*त्यु
ट्रान्सफर्मर मर्मत गर्ने क्रममा करेन्ट लागेर विद्युतका कर्मचारीको मृ*त्यु