सिरहामा सवारी दुर्घटना, दुई जनाको मृत्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, फाल्गुन ११, २०८१
|
|
२८ पटक हेरिएको
Shares
सिरहामा सवारी दुर्घटना, दुई जनाको मृत्यु

सारांश

  • पूर्व–पश्चिम राजमार्गअन्तर्गत मिर्चैया र धनगढीमाइमा आइतबार भएका सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।
  • जिल्ला प्रहरी कार्यालयका अनुसार मिर्चैया नगरपालिका–७ मा रहेको ट्रकमा ‘पिकअप भ्यान’ठोक्किँदा त्यसका सहचालक सिन्धुलीको दुधौली नगरपालिका—१४ का २७ वर्षीय मिलन सुनारको घटनास्थलमा मृत्यु भएको हो ।
  • पिकअप भ्यानका  चालक दुधौली नगरपालिका—१४ का सागर सुनार अवस्था गम्भीर छ ।

 

११ फागुन, काठमाडौं । पूर्व–पश्चिम राजमार्गअन्तर्गत मिर्चैया र धनगढीमाइमा आइतबार भएका सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार मिर्चैया नगरपालिका–७ मा रहेको ट्रकमा ‘पिकअप भ्यान’ठोक्किँदा त्यसका सहचालक सिन्धुलीको दुधौली नगरपालिका—१४ का २७ वर्षीय मिलन सुनारको घटनास्थलमा मृत्यु भएको हो ।

पिकअप भ्यानका  चालक दुधौली नगरपालिका—१४ का सागर सुनार अवस्था गम्भीर छ । यसैगरी, धनगढीमाइ नगरपालिका–१० कसहाबाट लहानतर्फ गइको टिपरले मोटरसाइकललाई पछाडिबाट ठक्कर दिँदा मोटरसाइकल चालक मिर्चैया नगरपालिका–५ का ५७ वर्षीय अजबलाल साहको मृत्यु भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?