सिरहामा सवारी दुर्घटना, दुई जनाको मृत्यु
११ फागुन, काठमाडौं । पूर्व–पश्चिम राजमार्गअन्तर्गत मिर्चैया र धनगढीमाइमा आइतबार भएका सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार मिर्चैया नगरपालिका–७ मा रहेको ट्रकमा ‘पिकअप भ्यान’ठोक्किँदा त्यसका सहचालक सिन्धुलीको दुधौली नगरपालिका—१४ का २७ वर्षीय मिलन सुनारको घटनास्थलमा मृत्यु भएको हो ।
पिकअप भ्यानका चालक दुधौली नगरपालिका—१४ का सागर सुनार अवस्था गम्भीर छ । यसैगरी, धनगढीमाइ नगरपालिका–१० कसहाबाट लहानतर्फ गइको टिपरले मोटरसाइकललाई पछाडिबाट ठक्कर दिँदा मोटरसाइकल चालक मिर्चैया नगरपालिका–५ का ५७ वर्षीय अजबलाल साहको मृत्यु भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment