बाजुरामा बिहे भोज खान गएका युवकको हत्या, ३ जना पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, फाल्गुन १०, २०८१
|
|
३४ पटक हेरिएको
Shares
बाजुरामा बिहे भोज खान गएका युवकको हत्या, ३ जना पक्राउ

सारांश

  • बाजुरामा विवाहको भोज खान गएका युवकको हत्या भएको छ ।
  • बुढीगंगा नगरपालिका-८ मा विवाहको भोज खान गएका २७ वर्षीय रणबहादुर थापाको हत्या भएको प्रहरीले जनाएको छ ।
  • थापा बूढीगंगा नगरपालिका-९ का बासिन्दा हुन् ।

१० फागुन, धनगढी । बाजुरामा विवाहको भोज खान गएका युवकको हत्या भएको छ । बुढीगंगा नगरपालिका-८ मा विवाहको भोज खान गएका २७ वर्षीय रणबहादुर थापाको हत्या भएको प्रहरीले जनाएको छ । थापा बूढीगंगा नगरपालिका-९ का बासिन्दा हुन् । थापाको हत्यामा संलग्न तीन जनालाई पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा बूढीगंगा नगरपालिका-७ का २२ वर्षीय दीर्घ विष्ट, २७ वर्षीय लोकेन्द्र खड्का र २५ वर्षीय खेमराज विष्ट रहेको बाजुराका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) दिलीप गिरीले जानकारी दिए ।उनकाअनुसार खड्कालाई साफेबगरबाट पक्राउ गरिएको हो भने अन्य दुई जनालाई गाउँमा लुकेको अवस्थामा समातिएको थियो । उनीहरुले बुढीगंगा नगरपालिका–८ का सन्तोष खड्काको बिहेमा भोज खाने क्रममा आपसमा विवाद हुँदा कुटपिट गरेर थापाको हत्या गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बिहेको भोजमा मादक पदार्थ सेवन गरेपछि उनीहरुबीच विवाद भएको थियो । पक्राउ परेका मध्येका दीर्घ विष्टले ‘आफूलाई सबै केटाहरुले दाइ भन्नुपर्छ’ भनेको निहुँमा विवाद भएको थियो । सोही क्रममा थापामाथि कुटपिट भएको थियो । थापाको शव परीक्षणका लागि जिल्ला अस्पताल मार्तडीमा राखिएको छ भने पक्राउ परेका तीनै जनाविरुद्ध कर्तव्य ज्यान शिर्षकमा किटानी जाहेरी दर्ता गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

संसद्को अवरोध चाँडै हट्ने छः सञ्चारमन्त्री
संसद्को अवरोध चाँडै हट्ने छः सञ्चारमन्त्री
बालेन र सुदनविरुद्ध अखिलको जाहेरीबारे प्रहरीले २४ घण्टापछि जवाफ दिने
बालेन र सुदनविरुद्ध अखिलको जाहेरीबारे प्रहरीले २४ घण्टापछि जवाफ दिने
सर्लाहीमा नुहाउन गएका बालकको पोखरीमा डुबेर मृत्यु
सर्लाहीमा नुहाउन गएका बालकको पोखरीमा डुबेर मृत्यु
धरानमा तालिम प्राप्त कुकुरसहित प्रहरी चेकजाँच सुरु
धरानमा तालिम प्राप्त कुकुरसहित प्रहरी चेकजाँच सुरु
यौनिक तथा लैङ्गिक अल्पसंख्यकसम्बन्धी अन्तरक्रिया
यौनिक तथा लैङ्गिक अल्पसंख्यकसम्बन्धी अन्तरक्रिया
मधेशमा छिट्टै कांग्रेस नेतृत्वमा सरकार बन्छः सभापति देउवा
मधेशमा छिट्टै कांग्रेस नेतृत्वमा सरकार बन्छः सभापति देउवा
सुनको मूल्य घट्दा चाँदी बढ्यो
सुनको मूल्य घट्दा चाँदी बढ्यो
गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित रुपमा अन्तर्राष्ट्रिय उडान सञ्चालनसम्बन्धी छलफल
गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित रुपमा अन्तर्राष्ट्रिय उडान सञ्चालनसम्बन्धी छलफल
राप्ती नदीमा माछा मार्न गएका बालक डुबेर बेपत्ता
राप्ती नदीमा माछा मार्न गएका बालक डुबेर बेपत्ता
वार्ता असफल भएपछि अमेरिका फर्किए उपराष्ट्रपति भान्स
वार्ता असफल भएपछि अमेरिका फर्किए उपराष्ट्रपति भान्स