८२ राउन्ड गोलीसहित भारतीय नागरिक नियन्त्रणमा
९ फागुन, काठमाडौँ- वीरगन्ज महानगरपालिका- १६ भन्सार मेनगेटबाट सशस्त्र प्रहरी बलले एउटा एयर गन र त्यसमा लाग्ने ८२ राउन्ड गोलीसहित भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ।
प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगन्जले सुरक्षा जाँचका क्रममा भारतबाट नेपालतर्फ ल्याउँदै गरेको एयर गन र गोलीसहित अन्दाजी ३४ वर्षका भारतीय नागरिकलाई नियन्त्रणमा लिएको हो। उनलाई हतियारसहित आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
1
+1
+1
Post Comment