दिल्लीको मुख्यमन्त्रीमा रेखा गुप्ताको शपथ आज
८ फागुन, काठमाडौँ।
भारतीय जनता पार्टीकी नेतृ रेखा गुप्ताले आज दिल्लीको मुख्यमन्त्रीमा शपथ लिने भएकी छिन् । ५० वर्षीया गुप्ताले रामलीला मैदानमा मुख्यमन्त्रीको शपथ लिने कार्यक्रम छ । दिल्ली विधानसभा चुनावमा भाजपा २७ वर्षको लामो अन्तरालपछि कुल ७० सिटमध्ये ४८ सिट जितेर सत्तामा फर्किएको थियो। दिल्ली विधानसभा चुनावको नतिजा फेब्रुअरी ८ मा घोषणा भएदेखि नै मुख्यमन्त्रीको लागि धेरै नामहरूको अनुमान गरिएको थियो।
भारतीय जनता पार्टीको संसदीय बोर्डले दिल्ली राज्यमा पार्टी व्यवस्थापिका दलको नेताको लागि बुधबार भएको चुनावमा गुप्ता विजयी भएकी थिइन् । यससँगै उनी अब महिला मुख्यमन्त्रीको रुपमा दिल्लीको नेतृत्वमा रहने भएकी हुन् । यसैबिच आम आदमी पार्टीका नेता अरबिन्द केजीवालले दिल्लीको विकासका लागि नयाँ मुख्यमन्त्रीलाई पूर्ण समर्थन गर्ने बताएका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment