दिल्लीको मुख्यमन्त्रीमा रेखा गुप्ताको शपथ आज

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, फाल्गुन ८, २०८१
|
|
५६ पटक हेरिएको
Shares
दिल्लीको मुख्यमन्त्रीमा रेखा गुप्ताको शपथ आज

सारांश

  • भारतीय जनता पार्टीकी नेतृ रेखा गुप्ताले आज दिल्लीको मुख्यमन्त्रीमा शपथ लिने भएकी  छिन् ।
  • ५० वर्षीया गुप्ताले रामलीला मैदानमा मुख्यमन्त्रीको शपथ लिने कार्यक्रम छ ।
  • दिल्ली विधानसभा चुनावमा भाजपा २७ वर्षको लामो अन्तरालपछि कुल ७० सिटमध्ये ४८ सिट जितेर सत्तामा फर्किएको थियो।

८ फागुन, काठमाडौँ।

भारतीय जनता पार्टीकी नेतृ रेखा गुप्ताले आज दिल्लीको मुख्यमन्त्रीमा शपथ लिने भएकी  छिन् । ५० वर्षीया गुप्ताले रामलीला मैदानमा मुख्यमन्त्रीको शपथ लिने कार्यक्रम छ । दिल्ली विधानसभा चुनावमा भाजपा २७ वर्षको लामो अन्तरालपछि कुल ७० सिटमध्ये ४८ सिट जितेर सत्तामा फर्किएको थियो। दिल्ली विधानसभा चुनावको नतिजा फेब्रुअरी ८ मा घोषणा भएदेखि नै मुख्यमन्त्रीको लागि धेरै नामहरूको अनुमान गरिएको थियो।

भारतीय जनता पार्टीको संसदीय बोर्डले दिल्ली राज्यमा पार्टी व्यवस्थापिका दलको नेताको लागि बुधबार भएको चुनावमा गुप्ता विजयी भएकी थिइन् ।  यससँगै उनी अब महिला मुख्यमन्त्रीको रुपमा दिल्लीको नेतृत्वमा रहने भएकी हुन् । यसैबिच आम आदमी पार्टीका नेता अरबिन्द केजीवालले दिल्लीको विकासका लागि नयाँ मुख्यमन्त्रीलाई पूर्ण समर्थन गर्ने बताएका छन्।

अरविन्द केजरीवालले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा लेखेका छन्, ‘रेखा गुप्ता जीलाई धेरै धेरै बधाई छ। मलाई आशा छ कि उहाँले दिल्लीका जनतालाई गरेका सबै वाचाहरू पूरा गर्नुहुनेछ। हामी दिल्लीका जनताको विकास र कल्याणको लागि हरेक काममा उहाँलाई सहयोग गर्नेछौँ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पोखरामा स्विमिङ पुलमा डुबेर एक भारतीय नागरिकको मृत्यु
पोखरामा स्विमिङ पुलमा डुबेर एक भारतीय नागरिकको मृत्यु
जलेको घरको खरानी उठाउँदै हितेन्द्रदेवले लेखे– चरक्कै मुटु चर्कियो, मैले के बिराएँ ?
जलेको घरको खरानी उठाउँदै हितेन्द्रदेवले लेखे– चरक्कै मुटु चर्कियो, मैले के बिराएँ ?
भारतीय भूमिमा भेटिए सिमलताल दुर्घटनाका २ यात्रीका शव
भारतीय भूमिमा भेटिए सिमलताल दुर्घटनाका २ यात्रीका शव
काठमाडौं महानगरले भोलिदेखि दुर्गम क्षेत्रका गाउँपालिकालाई एम्बुलेन्स बाँड्दै
काठमाडौं महानगरले भोलिदेखि दुर्गम क्षेत्रका गाउँपालिकालाई एम्बुलेन्स बाँड्दै
नियम उल्लंघन गर्ने १२६ फार्मेसी कारबाहीमा, काठमाडौंमा सबैभन्दा धेरै
नियम उल्लंघन गर्ने १२६ फार्मेसी कारबाहीमा, काठमाडौंमा सबैभन्दा धेरै
बर्दियामा गैंडाको आक्रमणबाट एकजना गाइडको मृत्यु, अमेरिकी नागरिक घाइते
बर्दियामा गैंडाको आक्रमणबाट एकजना गाइडको मृत्यु, अमेरिकी नागरिक घाइते
विशेष महाधिवेशनबारे कांग्रेसमा भएन सहमति, गगनले राखे बैठकमै बिमति
विशेष महाधिवेशनबारे कांग्रेसमा भएन सहमति, गगनले राखे बैठकमै बिमति
काठमाडौंको जय नेपाल हल अगाडिको बिजुलीको पोलमा आगलागी
काठमाडौंको जय नेपाल हल अगाडिको बिजुलीको पोलमा आगलागी
जबरजस्ती करणी गरेको अभियोगमा १ जना पक्राउ
हुलास स्टिलले तिर्‍यो बिजुली बक्यौताको पहिलो किस्ता
हुलास स्टिलले तिर्‍यो बिजुली बक्यौताको पहिलो किस्ता