हिजो तोलामा २३ सय बढेको सुनको मूल्य आज पनि बढ्यो, चाँदी पनि महँगियो

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, फाल्गुन २, २०८१
|
|
५१ पटक हेरिएको
Shares
हिजो तोलामा २३ सय बढेको सुनको मूल्य आज पनि बढ्यो, चाँदी पनि महँगियो

सारांश

  • चाँदीको मूल्य पनि आज बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
  •   महासंघको अनुसार आज सुनको मूल्य तोलाको चारसय रुपैयाँ बढेर एक लाख ७० हजार दुईसय रुपैयाँ पुगेको छ।
  • हिजो सुनको मूल्य प्रतितोला एकलाख ६९ हजार आठसय रुपैयाँ थियो।

२ फागनु,  हिजो (बिहीबार) प्रतितोला दुई हजार तीनसय रुपैयाँ बढेको सुनको मूल्य आज पनि वृद्धि भएको छ। चाँदीको मूल्य पनि आज बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।  महासंघको अनुसार आज सुनको मूल्य तोलाको चारसय रुपैयाँ बढेर एक लाख ७० हजार दुईसय रुपैयाँ पुगेको छ।

हिजो सुनको मूल्य प्रतितोला एकलाख ६९ हजार आठसय रुपैयाँ थियो।  गएको बुधबार सुनको मूल्य प्रतितोला दुई हजार सातसय रुपैयाँ घटेको थियो। गएको मंगलबार भने सुनको मूल्य प्रतितोला एक लाख ७० हजार दुईसय रुपैयाँ पुगेर फेरि सस्तिएकाे थियाे। आज चाँदीको मूल्य पनि प्रतितोला ५ रुपैयाँ बढेको छ। आज चाँदी ताेलाकाे एक हजार नौसय ७० रुपैयाँमा किनबेच भइरहेको छ। हिजो चाँदीको मूल्य प्रतितोला एक हजार नौसय ६५ रुपैयाँ थियो।

गएको मंसिर तेस्रो साता सुनको मूल्य दुई दिनमै तोलामा साढे १८ हजार रुपैयाँ घटेको थियो।  गत कात्तिक १५ गते सुनको मूल्यले हालसम्मकै महँगो कीर्तिमान बनाएको थियो। त्यो दिन सुन प्रतितोला १ लाख ७१ हजार रुपैयाँ पुगेको थियो। सरकारले भन्सारदर घटाएपछि मंसिर तेस्रो साता सुनचाँदीकै मूल्यमा उच्च गिरावट आएको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एम्बुलेन्समा लागुऔषध तस्करी गरेर करोडपति !
एम्बुलेन्समा लागुऔषध तस्करी गरेर करोडपति !
रवि लामिछाने ठग, भ्रष्ट्राचारी र अपराधी हो भनेर प्रमाणित गर्न सक्छु : मुकुल ढकाल
रवि लामिछाने ठग, भ्रष्ट्राचारी र अपराधी हो भनेर प्रमाणित गर्न सक्छु : मुकुल ढकाल
आज यी चार प्रदेशमा भारी वर्षा हुने सम्भावना
आज यी चार प्रदेशमा भारी वर्षा हुने सम्भावना
अमेरिका विरुद्धको खेलमा नेपालको लगातार दोस्रो जित,
अमेरिका विरुद्धको खेलमा नेपालको लगातार दोस्रो जित,
रवि लामिछानेविरुद्ध प्रदर्शन गर्ने सहकारी पीडित प्रहरी नियन्त्रणमा
रवि लामिछानेविरुद्ध प्रदर्शन गर्ने सहकारी पीडित प्रहरी नियन्त्रणमा
धरानमा १० राजनीतिक दलले लगाए खानेपानी काउन्टरमा ताला
धरानमा १० राजनीतिक दलले लगाए खानेपानी काउन्टरमा ताला
बाढीप्रभावित बालबालिकाको फोटो-भिडियो सामाजिक सञ्जालमा पोस्ट नगर्न अपिल
बाढीप्रभावित बालबालिकाको फोटो-भिडियो सामाजिक सञ्जालमा पोस्ट नगर्न अपिल
बंगलादेशमा हिन्दु युवकको ह*त्या विरोधमा नयाँ दिल्लीमा प्रदर्शन
बंगलादेशमा हिन्दु युवकको ह*त्या विरोधमा नयाँ दिल्लीमा प्रदर्शन
पूर्वराजालाई स्वागत गर्दै समर्थकले लगाए प्रधानमन्त्रीविरुद्ध नारा
पूर्वराजालाई स्वागत गर्दै समर्थकले लगाए प्रधानमन्त्रीविरुद्ध नारा
ओलीले बोलाए एमाले सचिवालय बैठक
ओलीले बोलाए एमाले सचिवालय बैठक