दरबारमार्गको फुटपाथमा ग्रेनाइट लगाउँदै काठमाडौं महानगर

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, माघ २९, २०८१
|
|
४७ पटक हेरिएको
Shares
दरबारमार्गको फुटपाथमा ग्रेनाइट लगाउँदै काठमाडौं महानगर

सारांश

  • महानगरपालिकाले नारायणहिटी सङ्ग्रहालय अगाडि महानगर प्रहरी वृत्त दरबारमार्गदेखि महेन्द्र सालिकसम्म दुवैतर्फको फुटपाथमा ग्रेनाइट लगाउने भएको हो।
  • सो क्षेत्रको फुटपाथ विस्तारको काम सकिएसँगै महानगरले ग्रेनाइट लगाउन काम थालेको हो।
  • आज काठमाडौं महानगरपालिकाको अनुगमन समितिले कामको निरीक्षणसमेत गरेको छ।

२९ माघ, काठमाडौं- काठमाडौं महानगरपालिकाले दरबार मार्ग क्षेत्रको फुटपाथमा ग्रेनाइट लगाउन थालेको छ। महानगरपालिकाले नारायणहिटी सङ्ग्रहालय अगाडि महानगर प्रहरी वृत्त दरबारमार्गदेखि महेन्द्र सालिकसम्म दुवैतर्फको फुटपाथमा ग्रेनाइट लगाउने भएको हो। सो क्षेत्रको फुटपाथ विस्तारको काम सकिएसँगै महानगरले ग्रेनाइट लगाउन काम थालेको हो।

आज काठमाडौं महानगरपालिकाको अनुगमन समितिले कामको निरीक्षणसमेत गरेको छ। निरीक्षणका क्रममा समितिका संयोजक एवं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले ग्रेनाइट सेटिङ्को निरीक्षण गर्दै फुटपाथ पैदल यात्रामैत्री हुनुपर्ने बताउँदै सडकमा भएका रुखहरूको संरक्षणका विषयमा अधिकारीहरूसँग जिज्ञासा राखिन्।

त्यसक्रममा सहरी योजना आयोगका उपाध्यक्ष डा. सुमननरसिंह राजभण्डारीले, निर्माण प्रक्रियाको निरीक्षण गर्दै ग्रेनाइटको बाहिरी भाग खस्रो भएकोले यात्रामा चिप्लिने जोखिम नहुने बताए। नारायणहिटी संग्रहालयको अगाडि महानगर प्रहरी वृत्त दरबारमार्गदेखि महेन्द्र शालिकसम्म दुवैतर्फको सडकमा ग्रेनाइट लगाइँदैछ।सार्वजनिक निर्माण विभागका प्रमुख सुरज शाक्यका अनुसार पैदल मार्गको चौडाइ कम्तीमा ३ मिटरदेखि बढीमा ६ मिटरसम्म छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुख्खाग्रस्त मधेसमा सरकारको तत्कालीन योजनाः ५ सय डिप बोरिङ जडान गरिने
सुख्खाग्रस्त मधेसमा सरकारको तत्कालीन योजनाः ५ सय डिप बोरिङ जडान गरिने
आजदेखि सुरु भयो नयाँ आर्थिक वर्ष, गत आवको ८२ प्रतिशत बजेट मात्रै खर्च
आजदेखि सुरु भयो नयाँ आर्थिक वर्ष, गत आवको ८२ प्रतिशत बजेट मात्रै खर्च
सुनचाँदी व्यावसायीको प्रदर्शन आज पनि जारी
सुनचाँदी व्यावसायीको प्रदर्शन आज पनि जारी
‘खाद्यान्न आयात अन्त्यका निम्ति कृषिको आधुनिकीकरण अपरिहार्य’
‘खाद्यान्न आयात अन्त्यका निम्ति कृषिको आधुनिकीकरण अपरिहार्य’
अफगानिस्तानबाट ५ लाख अमेरिकी हतियार गायब, केही अलकायदासम्म पुगेको आशंका
अफगानिस्तानबाट ५ लाख अमेरिकी हतियार गायब, केही अलकायदासम्म पुगेको आशंका
अमेरिकाको टेक्ससमा बाढीका कारण ५१ जनाको मृ*त्यु, २७ बेपत्ता
अमेरिकाको टेक्ससमा बाढीका कारण ५१ जनाको मृ*त्यु, २७ बेपत्ता
गजुरीमा गुडिरहेको माइक्रो बसमाथि रूख ढल्दा सात जना घाइते
गजुरीमा गुडिरहेको माइक्रो बसमाथि रूख ढल्दा सात जना घाइते
सुदूरपश्चिममा ४.३ रेक्टर स्केलको भूकम्प
सुदूरपश्चिममा ४.३ रेक्टर स्केलको भूकम्प
समानुपातिकमा ५० लाख मत कटाएर रास्वपाले बनायो नयाँ रेकर्ड
समानुपातिकमा ५० लाख मत कटाएर रास्वपाले बनायो नयाँ रेकर्ड
यस्तो छ आज सागसब्जी र फलफूलको थोक मूल्य
यस्तो छ आज सागसब्जी र फलफूलको थोक मूल्य