२६ जेष्ठ २०८२, आईतवार

दरबारमार्गको फुटपाथमा ग्रेनाइट लगाउँदै काठमाडौं महानगर

 

२९ माघ, काठमाडौं- काठमाडौं महानगरपालिकाले दरबार मार्ग क्षेत्रको फुटपाथमा ग्रेनाइट लगाउन थालेको छ। महानगरपालिकाले नारायणहिटी सङ्ग्रहालय अगाडि महानगर प्रहरी वृत्त दरबारमार्गदेखि महेन्द्र सालिकसम्म दुवैतर्फको फुटपाथमा ग्रेनाइट लगाउने भएको हो। सो क्षेत्रको फुटपाथ विस्तारको काम सकिएसँगै महानगरले ग्रेनाइट लगाउन काम थालेको हो।

आज काठमाडौं महानगरपालिकाको अनुगमन समितिले कामको निरीक्षणसमेत गरेको छ। निरीक्षणका क्रममा समितिका संयोजक एवं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले ग्रेनाइट सेटिङ्को निरीक्षण गर्दै फुटपाथ पैदल यात्रामैत्री हुनुपर्ने बताउँदै सडकमा भएका रुखहरूको संरक्षणका विषयमा अधिकारीहरूसँग जिज्ञासा राखिन्।

त्यसक्रममा सहरी योजना आयोगका उपाध्यक्ष डा. सुमननरसिंह राजभण्डारीले, निर्माण प्रक्रियाको निरीक्षण गर्दै ग्रेनाइटको बाहिरी भाग खस्रो भएकोले यात्रामा चिप्लिने जोखिम नहुने बताए। नारायणहिटी संग्रहालयको अगाडि महानगर प्रहरी वृत्त दरबारमार्गदेखि महेन्द्र शालिकसम्म दुवैतर्फको सडकमा ग्रेनाइट लगाइँदैछ।सार्वजनिक निर्माण विभागका प्रमुख सुरज शाक्यका अनुसार पैदल मार्गको चौडाइ कम्तीमा ३ मिटरदेखि बढीमा ६ मिटरसम्म छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment