अर्थ सचिव डा घिमिरे हटाए, नयाँ सचिवमा उपाध्याय नियुक्त

काठमाडौं । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थ सचिव डा रामप्रसाद घिमिरेलाई हटाएर घनश्याम उपाध्यायलाई नियुक्त गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत उपाध्यायलाई अर्थ सचिवको जिम्मेवारी दिएको हो।

यसअघि उपाध्याय कर्णाली र बागमती प्रदेशका अर्थ सचिवको रूपमा काम गरिसकेका छन्। साथै, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सचिव र ललितपुर तथा काठमाडौंका प्रमुख जिल्ला अधिकारीको भूमिका समेत उनले निर्वाह गरिसकेका छन्।

Related posts:
कार्की आयोग प्रतिवेदन सार्वजनिक गर्न जेनजी मुभमेन्ट नेपालको माग
नेपालमा करिब ४५ प्रतिशत क्षयरोगका बिरामीको पहिचान हुन सकेको छैन : डा.देवकोटा
अमेरिका र इरानको विरोधाभासपूर्ण बयानबिच अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यमा व्यापक उतारचढाव
अमेरिका र इजरायलद्वारा इरानविरुद्ध सैन्य हमला जारी, प्रतिकारमा इरान



Post Comment