काठमाडौंको कमलपोखरीमा ग्याँस सिलिण्डर विष्फोट, १४ जना घाइते

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, माघ २४, २०८१
|
|
१ पटक हेरिएको
Shares
काठमाडौंको कमलपोखरीमा ग्याँस सिलिण्डर विष्फोट, १४ जना घाइते

सारांश

  • २४ माघ, काठमाडौं ।
  • काठमाडौंको कमलपोखरीमा ग्याँस सिलिण्डर विष्फोट भएको छ ।
  • आज बिहान पौने ९ बजेको समयमा  विष्फोट हुँदा १४ जना घाइते भएका छन् ।

२४ माघ, काठमाडौं ।

काठमाडौंको कमलपोखरीमा ग्याँस सिलिण्डर विष्फोट भएको छ । आज बिहान पौने ९ बजेको समयमा  विष्फोट हुँदा १४ जना घाइते भएका छन् । तीमध्ये ११ जनालाई अस्पताल लगिएको छ भने तीन जना सामान्य छन् ।

काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता  प्रहरी वरिष्ठ उपरीक्षक शेखर खनालका अनुसार त्यहाँस्थित सानदार म:म पसलमा ग्याँस सिलिण्डर पड्किएको हो । घाइते हुनेहरु पनि सोही पसलका कामदार रहेको उनले बताए ।

घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ । उदयपुरका २४ वर्षीय संजोग मगर गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । घाइतेहरुमध्ये पाँच जनालाई कीर्तिपुरको बर्न अस्पतालमा लगिएको छ ।

सिलिण्डर विष्फोटपछि घरको सिलिङ भत्किएर खसेको छ । त्यहाँ प्रहरीले खोजी कार्य जारी राखेको जनाएको छ । घटनास्थलमा नेपाल प्रहरीको विपद् व्यवस्थान टोली र मालीगाउँ प्रहरीको टोली खटिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कांग्रेस–एमाले सत्ता गठबन्धन आगामी निर्वाचनसम्म निरन्तर : शंकर पोखरेल
कांग्रेस–एमाले सत्ता गठबन्धन आगामी निर्वाचनसम्म निरन्तर : शंकर पोखरेल
ओली आफैले प्रधानमन्त्रीलाई बुझाए ७५१ बुँदे माग
ओली आफैले प्रधानमन्त्रीलाई बुझाए ७५१ बुँदे माग
नेपालमा फेरि देखियो कोरोना संक्रमण, ४२ जनामा ‘केपी’ भेरियन्ट पुष्टि
नेपालमा फेरि देखियो कोरोना संक्रमण, ४२ जनामा ‘केपी’ भेरियन्ट पुष्टि
आज आठौं सामाजिक सुरक्षा दिवस मनाइँदै
आज आठौं सामाजिक सुरक्षा दिवस मनाइँदै
इरानमा सर्वोच्च अदालतका दुई न्यायाधीशको गोली हानी हत्या
इरानमा सर्वोच्च अदालतका दुई न्यायाधीशको गोली हानी हत्या
कांग्रेस केन्द्रीय समिति र ससंदीय दलको संयुक्त बैठक बस्दै
कांग्रेस केन्द्रीय समिति र ससंदीय दलको संयुक्त बैठक बस्दै
विपिन जोशीको रिहाइका लागि पहल गरिदिन कतारसँग पुन आग्रह
विपिन जोशीको रिहाइका लागि पहल गरिदिन कतारसँग पुन आग्रह
जेनजी आन्दोलनमा निजी क्षेत्रको करिब ८० अर्बको क्षति
जेनजी आन्दोलनमा निजी क्षेत्रको करिब ८० अर्बको क्षति
योगलाई दैनिक जीवनको हिस्सा बनाऔँ: प्रधानमन्त्री ओली
योगलाई दैनिक जीवनको हिस्सा बनाऔँ: प्रधानमन्त्री ओली
घण्टी बजाउँदै पुनः पार्टीको जिम्मेवारीमा फर्किए सभापति रवि लामिछाने
घण्टी बजाउँदै पुनः पार्टीको जिम्मेवारीमा फर्किए सभापति रवि लामिछाने