१२ श्रावण २०८२, आईतवार

इरानमा सर्वोच्च अदालतका दुई न्यायाधीशको गोली हानी हत्या

 

५ माघ, तेहरान ।  इरानको सर्वोच्च अदालतका दुई न्यायाधीशको हत्या गरिएको छ ।  तीन जना न्यायाधीशलाई लक्षित गरी तेहरानमा सशस्त्र आक्रमण भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

न्यायाधीश मोहम्मद मोगिसेह र होजातोलेस्लाम अली रेजिनीसहित दुई न्यायाधीशको मृत्यु भएको छ भने तेस्रो न्यायाधीश घाइते भएका छन् र उनको उपचार भइरहेको छ।आक्रमणकारीले न्यायाधीशलाई गोली हानेपछि आत्महत्या गरेको बताइएको छ ।  अधिकारीहरूले आक्रमणको पछाडिको उद्देश्यको बारेमा थप विवरणहरू जारी गर्न बाँकी रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?