२६ जेष्ठ २०८२, आईतवार

लामिछानेविरुद्धको सुनुवाइ न्यायाधीश ढकालको इजलासमा

२३ माघ, काठमाडौँ ।

रास्वपा सभापति रवि लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ न्यायाधीश दयाराम ढकालको इजलासमा हुने भएको छ ।  साहारा चितवन सहकारीको बचत अपचलन प्रकरणमा सरकारी वकिलको कार्यालयले मंगलबार अदालतमा मुद्दा दर्ता गरेको थियो । मुद्दा दर्ता भएसँगै लामिछाने राति नै चितवन पुगेर अदालत हाजिर भएका थिए ।

‘लामिछानेविरुद्धको मुद्दामा न्यायाधीश ढकालको इजलासमा सुनुवाइ तोकिएको छ’, चितवन जिल्ला अदालतका सूचना अधिकारी अमृत विश्वकर्माले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment