अदालतमा बयान दिन चितवन पुगे रवि

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, माघ २३, २०८१
|
|
१९ पटक हेरिएको
Shares
अदालतमा बयान दिन चितवन पुगे रवि

सारांश

  • सहकारी ठगी प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज बिहान चितवन पुगेका छन् ।
  • मंगलबार चितवन जिल्ला अदालतमा ठगी मुद्दा दर्ता भएपछि रवि बयानका लागि चितवन पुगेका हुन् ।
  • रास्वपा चितवन जिल्ला संयोजक कृष्णप्रसाद भुसालका अनुसार रवि चितवन आएर चौबिसकोठीस्थित होटल ग्लोबलमा बसेका छन् ।

२३ माघ, चितवन ।

सहकारी ठगी प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज बिहान चितवन पुगेका छन् । मंगलबार चितवन जिल्ला अदालतमा ठगी मुद्दा दर्ता भएपछि रवि बयानका लागि चितवन पुगेका हुन् । रास्वपा चितवन जिल्ला संयोजक कृष्णप्रसाद भुसालका अनुसार रवि चितवन आएर चौबिसकोठीस्थित होटल ग्लोबलमा बसेका छन् ।

त्यहाँ उनी कार्यकर्ता भेटघाटमा व्यस्त छन् । ‘उहाँ भेटघाटमा व्यस्त हुनुहुन्छ । अदालतमा उपस्थित हुने कि नहुने भनेर केहीबेरमा निर्क्यौल हुन्छ,’ भुसालले भने । जिल्ला अदालतका सूचना अधिकारी अमृत विश्वकर्माले पनि रवि अदालतमा उपस्थित हुनेबारे औपचारिक पत्र प्राप्त नभइसकेको बताए ।

‘बयानका लागि अदालतमा उपस्थित हुने भनेर उहाँ (रवि लामिछाने)बाट जानकारी प्राप्त भइसकेको छैन,’ विश्वकर्माले भने, ‘उपस्थित भएमा बयान सुरु हुन्छ ।’ चितवनको साहारा सहकारी ठगी प्रकरणमा रविविरुद्ध मंगलबार चितवन जिल्ला अदालतमा ठगी मुद्दा दायर भएको थियो । दिउँसो रविविरुद्ध मुद्दा दर्ता भएको थियो भने बेलुका जिल्ला न्यायाधिवक्ता शान्तिप्रसाद लुइँटेलको काठमाडौंमा काज सरुवा भएको थियो ।

रविको बयान आज सकिएपछि थुनछेक बहस सुरु हुने छ । त्यसपछि न्यायाधीशले उनलाई साधारण तारेखमा छाड्ने, धरौटीमा छाड्ने वा थुनामा पठाउने भन्ने निर्णय गर्नेछन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?