दश अनलाइन मिडियामाथि प्रेस काउन्सिलको प्रतिबन्ध

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, माघ २१, २०८१
|
|
२६ पटक हेरिएको
Shares
दश अनलाइन मिडियामाथि प्रेस काउन्सिलको प्रतिबन्ध

सारांश

  • प्रेस काउन्सिल नेपालले १० ओटा अनलाइन मिडियालाई कालो सूचीमा राखेको छ ।
  • आचारसंहिता पालना नगरेको भन्दै ती अनलाइनलाई कालो सूचीमा राखिएको हो।
  • एवीपीक्राइमन्यूज डटकम, सेतोखरी डटकम, कोशी पोस्ट डटकम, हेर्दाहेर्दै डटकम, दियोपोस्ट डटकम र नेपालकथा डटकम गरी ६ ओटा सञ्चारमाध्यमलाई थप कारबाही अगाडि बढाइएको छ ।

२१ माघ,  काठमाडौं । प्रेस काउन्सिल नेपालले १० ओटा अनलाइन मिडियालाई कालो सूचीमा राखेको छ । आचारसंहिता पालना नगरेको भन्दै ती अनलाइनलाई कालो सूचीमा राखिएको हो। एवीपीक्राइमन्यूज डटकम, सेतोखरी डटकम, कोशी पोस्ट डटकम, हेर्दाहेर्दै डटकम, दियोपोस्ट डटकम र नेपालकथा डटकम गरी ६ ओटा सञ्चारमाध्यमलाई थप कारबाही अगाडि बढाइएको छ ।

सूचीमा राखिएका मध्ये टिभीअन्नपूर्ण डटकम, योहो टेलिभिजन, त्रिनेत्रपोष्ट साप्ताहिक, खोजतलास अनलाइन डटकमले क्षमायाचना गरेका छन् । आगामी दिनमा आचारसंहिता एवं काउन्सिलको निर्देशन पालनामा प्रतिबद्धता व्यक्त गरेपछि उनीहरूलाई भने कालो सूचीबाट फुकुवा गरेको काउन्सिलले जनाएको हो । प्रेस काउन्सिलले ‘युट्युब व्यवस्थापन, सूचीकरण तथा अभिलेखीकरण सम्बन्धी कार्य विधि २०८०’ बनाएर यसको कार्यविधि अनुसार नियमित अनुगमन गरिरहेको जनाएको छ ।

जस मार्फत् २०८१ साउनदेखि माघ १५ गतेसम्म हिंसा, आतङ्कलाई प्रश्रय पुग्ने, द्वेष फैलाउने, अपुष्ट, भ्रमपूर्ण, अफवाहपूर्ण सामग्री सम्प्रेषण गर्ने चार ओटा युट्युब च्यानल, फेसबुक पेज १ तथा ५ अनलाइनलाई निर्देशन र ४ ओटालाई सचेत गराइएको छ ।हुँदै नभएका निराधार, अफवाहपूर्ण, अतिरञ्जित थम्बनेल सहितको शीर्षक दिएर भ्रम फैलाउने, त्रसित पार्ने, अमर्यादित, अश्लील सामग्री सम्प्रेषण गर्ने मिडियाको रूपमा दर्ता सूचीकरण नभएका ५४ युट्युब च्यानल र ५ फेसबुक पेजलाई नेपाल प्रहरी, साइबर ब्युरोमा पत्राचार गरिएको काउन्सिलले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हसिनाको परिवारमाथि पाँच अर्ब डलरको भ्रष्टाचार अनुसन्धान सुरु
हसिनाको परिवारमाथि पाँच अर्ब डलरको भ्रष्टाचार अनुसन्धान सुरु
न्युजिल्याण्डका उपप्रधानमन्त्री औपचारिक भ्रमणमा आज काठमाडौँ आउँदै
न्युजिल्याण्डका उपप्रधानमन्त्री औपचारिक भ्रमणमा आज काठमाडौँ आउँदै
१ सय ९ किलो लागूऔषध गाँजा र हतियार सहित एक युवक  पक्राउ
१ सय ९ किलो लागूऔषध गाँजा र हतियार सहित एक युवक पक्राउ
प्रधानमन्त्री कार्कीसँग कांग्रेस युवा नेताहरूको भेट, आगामी निर्वाचनबारे छलफल
प्रधानमन्त्री कार्कीसँग कांग्रेस युवा नेताहरूको भेट, आगामी निर्वाचनबारे छलफल
भीरमा फालेर ६ वर्षीय छोराको हत्या
भीरमा फालेर ६ वर्षीय छोराको हत्या
पाकिस्तान–अफगान सीमा झडपमा १५ सर्वसाधारणको मृ*त्यु, ८० भन्दा बढी घाइते
पाकिस्तान–अफगान सीमा झडपमा १५ सर्वसाधारणको मृ*त्यु, ८० भन्दा बढी घाइते
दमौली कारागारका १३५ कैदीबन्दी सम्पर्क बाहिर
दमौली कारागारका १३५ कैदीबन्दी सम्पर्क बाहिर
राष्ट्रियसभामा लुम्बिनीबाट सुवेदी र सापकोटा विजयी
राष्ट्रियसभामा लुम्बिनीबाट सुवेदी र सापकोटा विजयी
के तपाईं पनि रातीको समयमा ड्युटीमा हुनुहन्छ ?
के तपाईं पनि रातीको समयमा ड्युटीमा हुनुहन्छ ?
किसानलाई सहजरुपमा पर्याप्त मलखाद उपलब्ध गराउन सांसदव्दारा माग
किसानलाई सहजरुपमा पर्याप्त मलखाद उपलब्ध गराउन सांसदव्दारा माग