चितवनमा रवि लामिछानेसहित १४ जनाविरुद्ध सहकारी ठगीमा मुद्दा दर्ता हुँदै

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, माघ २१, २०८१
|
|
४० पटक हेरिएको
Shares
चितवनमा रवि लामिछानेसहित १४ जनाविरुद्ध सहकारी ठगीमा मुद्दा दर्ता हुँदै

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित १४ जनाविरुद्ध साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था ठगीमा चितवन जिल्ला अदालतमा आज मुद्दा दर्ता हुँदैछ ।
  • सरकारी वकिल कार्यालयले लामिछानेसहित १४ जना र ६ वटा संस्थाविरुद्ध सहकारीको रकम हिनामिना गरेर ठगी गरेको अभियोगसहित मुद्दा दर्ता गर्ने तयारी गरेको छ ।
  • सर्वोच्चका अदालतका न्यायाधीश हरि फुयाँल चितवनमा रहेका कारणले केही ढिला गरी मुद्दा दर्ता गर्ने तयारी छ ।

२१ माघ, चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित १४ जनाविरुद्ध साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था ठगीमा चितवन जिल्ला अदालतमा आज मुद्दा दर्ता हुँदैछ । सरकारी वकिल कार्यालयले लामिछानेसहित १४ जना र ६ वटा संस्थाविरुद्ध सहकारीको रकम हिनामिना गरेर ठगी गरेको अभियोगसहित मुद्दा दर्ता गर्ने तयारी गरेको छ ।

सर्वोच्चका अदालतका न्यायाधीश हरि फुयाँल चितवनमा रहेका कारणले केही ढिला गरी मुद्दा दर्ता गर्ने तयारी छ । चितवन जिल्ला सरकारी वकिल कार्यालयले यसअघि तथ्यतथ्यांक नमिलेको भन्दैं पुनः अनुसन्धान प्रक्रिया सकेर प्रतिवेदन पेस गर्न भनेर फाइल प्रहरीको फर्काएपछि प्रहरीले प्रक्रिया मिलाएर सरकारी वकिल कार्यालयमा एक साता अगाडिमात्रै फाइल पठाएको थियो । प्रहरीले पठाएको अनुसन्धान प्रतिवदेन र तिनका प्रमाणहरुको आधारलाई लिएर सरकारी वकिल कार्यालयले आज उनीहरुविरुद्ध मुद्दा दर्ता गर्न लागेको हो । रविसहितलाई ठगी तथा संगठित अपराध कसुरमा मुद्दा दर्ता गर्न लागिएको सरकारी वकिल कार्यालयका एक कर्मचारीले बताए ।

विभिन्न सहकारी ठगीसम्बन्धी मुद्दा धरौटी बुझाएका लामिछानेलाई मुद्दा दर्ता भएपछि चितवन झिकाइने छ । प्रहरीको अनुसन्धानमा ३८ करोड ९ लाख ७९ हजार रूपैयाँ हिनामिना भएको उल्लेख छ । सहकारीबाट विभिन्न कम्पनीमा गएको रकमसमेत गर्दा ५६ करोड २२ लाख ५० हजार हाराहारीमा रकम बिगो कायम हुनुपर्ने प्रतिवेदनमा उल्लेख छ । सूर्यदर्शन सहकारीमा कास्कीबाट ६५ लाख, स्वर्णलक्ष्मी सहकारीमा काठमाडौंबाट ६० लाख र सुप्रिम सहकारी प्रकरणमा रुपन्देही अदालतबाट १ करोड  धरौटी तिरेर लामिछाने छुटेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले विश्वासको मत लिँदै
सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले विश्वासको मत लिँदै
जलवायु परिवर्तनको संकट आउनुमा नेपालको भूमिका छैन : प्रधानमन्त्री ओली
जलवायु परिवर्तनको संकट आउनुमा नेपालको भूमिका छैन : प्रधानमन्त्री ओली
स्वर्णलक्ष्मी सहकारी प्रकरणबारेको आदेशविरुद्ध पुनरावेदनमा जाँदै रवि लामिछाने
स्वर्णलक्ष्मी सहकारी प्रकरणबारेको आदेशविरुद्ध पुनरावेदनमा जाँदै रवि लामिछाने
आज राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
आज राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
नौ महिनामा एक खर्ब २४ अर्ब राजस्व सङ्कलन
नौ महिनामा एक खर्ब २४ अर्ब राजस्व सङ्कलन
गाँजाको व्यवसायीक उत्पादन गर्न कानुनी व्यवस्था, कृषि मन्त्रालयलाई ५७ अर्ब
गाँजाको व्यवसायीक उत्पादन गर्न कानुनी व्यवस्था, कृषि मन्त्रालयलाई ५७ अर्ब
सत्तामा बसेका सबैको सम्पत्ति छानबिन गर्न उपसभापति गुरुङको माग
सत्तामा बसेका सबैको सम्पत्ति छानबिन गर्न उपसभापति गुरुङको माग
स्वास्थ्यमन्त्रीसँग भारतीय राजदूतको भेटवार्ता
स्वास्थ्यमन्त्रीसँग भारतीय राजदूतको भेटवार्ता
मधेश प्रदेशमा जसपाका अधिकांश सांसद उपेन्द्रको पक्षमा
मधेश प्रदेशमा जसपाका अधिकांश सांसद उपेन्द्रको पक्षमा
भारतले चेनाब नदीमा बनेको बाँधका ढोका खोलिदियो, पाकिस्तानमा बाढीको खतरा
भारतले चेनाब नदीमा बनेको बाँधका ढोका खोलिदियो, पाकिस्तानमा बाढीको खतरा