ओखलढुंगामा गाडी दुर्घटना भएपछि भागेका चालक भक्तपुरबाट समातिए

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, माघ १८, २०८१
|
|
४२ पटक हेरिएको
Shares
ओखलढुंगामा गाडी दुर्घटना भएपछि भागेका चालक भक्तपुरबाट समातिए

सारांश

  • बिहीबार मानेभञ्ज्याङ गाउँपालिका-४ स्थित खोला किनारमा ना १ ज ६४२१ नम्बरको दुर्घटनाग्रस्त फेला परेको थियो।
  • गाडी सडकबाट १०० मिटर तल खसेको थियो।
  • दुर्घटनामा केपिलासगढी गाउँपालिकाका ५६ वर्षीया मायादेवी गुरुङ, उनका छोरा २८ वर्षीय पुजन गुरुङ र ४५ वर्षीया तारा गुरुङको मृत्यु भएको थियो।

१८ माघ,  ओखलढुंगामा दुर्घटना भएको गाडीका चालक भक्तपुरमा भेटिएका छन्। बिहीबार मानेभञ्ज्याङ गाउँपालिका-४ स्थित खोला किनारमा ना १ ज ६४२१ नम्बरको दुर्घटनाग्रस्त फेला परेको थियो। गाडी सडकबाट १०० मिटर तल खसेको थियो।

दुर्घटनामा केपिलासगढी गाउँपालिकाका ५६ वर्षीया मायादेवी गुरुङ, उनका छोरा २८ वर्षीय पुजन गुरुङ र ४५ वर्षीया तारा गुरुङको मृत्यु भएको थियो। दुर्घटना राति नै भएको हुनुपर्ने प्रहरीको आशंका थियो। तर बिहान स्थानीयले देखेपछि मात्रै प्रहरीलाई खबर भएको हो। जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका डिएसपी कृष्ण खड्काका अनुसार गाडीमा चालकसहित चार जना सवार थिए। तर चालक फेला नपरेपछि खोजी सुरू भएको थियो।

डिएसपी खड्काका अनुसार चालक २२ वर्षीय अनिल पण्डित काभ्रेमा हुनुपर्ने सूचना प्रहरीले पाएको थियो।   फरार प्रतिवादीहरू खोज्न ओखलढुंगा प्रहरीको टोली पनि काठमाडौं आएको थियो। काभ्रेमा हुनसक्ने सूचनापछि उक्त टोलीले बनेपाको शीर मेमोरियल अस्पतालमा सोधीखोजी गरेको थियो। उनी त्यहाँबाट भक्तपुर इन्टरनेशनल अस्पताल आइसकेको खुलेपछि उनलाई प्रहरीले पक्राउ गरेको हो। चालक अहिले सोही अस्पतालमा उपचाररत छन्। उनको हात, अनुहार र छातीमा चोट लागेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जर्मनीमा आयोजित महोत्सवमा छुरा आक्रमण : तीन जनाको मृत्यु, चार घाइते
जर्मनीमा आयोजित महोत्सवमा छुरा आक्रमण : तीन जनाको मृत्यु, चार घाइते
खानेपानी संस्थानको विनियमावली कार्यान्वयनमा लैजान मन्त्री यादवको निर्देशन
खानेपानी संस्थानको विनियमावली कार्यान्वयनमा लैजान मन्त्री यादवको निर्देशन
हेलिकोप्टरमा निर्वाचन सामाग्री र कर्मचारी, मतदाताका लागि सडक खुलाउने प्रयास
हेलिकोप्टरमा निर्वाचन सामाग्री र कर्मचारी, मतदाताका लागि सडक खुलाउने प्रयास
उद्योगमा विद्युतको लाइन जोड्ने सरकारको निर्देशनप्रति प्राधिकरणका कर्मचारीको चेतावनी
उद्योगमा विद्युतको लाइन जोड्ने सरकारको निर्देशनप्रति प्राधिकरणका कर्मचारीको चेतावनी
उपत्यकामा २४ घण्टामा ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
उपत्यकामा २४ घण्टामा ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
बागमती नदीमा एक पुरुषको श*व फेला
बागमती नदीमा एक पुरुषको श*व फेला
आज विश्व बाल दिवस मनाइँदै
आज विश्व बाल दिवस मनाइँदै
किन खाेले बुद्ध एयरका यात्रुले इमरजेन्सी ढोका ?
किन खाेले बुद्ध एयरका यात्रुले इमरजेन्सी ढोका ?
काठमाडौं महानगरपालिकामा रिक्त २७ प्रहरी सहायक निरीक्षक दरबन्दी व्यवस्थित गर्न जोड
काठमाडौं महानगरपालिकामा रिक्त २७ प्रहरी सहायक निरीक्षक दरबन्दी व्यवस्थित गर्न जोड
लक्ष्मीपूजाको रात सर्लाहीका तीन ठाउँमा आगलागी, करोडौंको क्षति
लक्ष्मीपूजाको रात सर्लाहीका तीन ठाउँमा आगलागी, करोडौंको क्षति
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध

नेपाली मिति लोड हुँदैछ...