आशिका तामाङमाथि आपराधिक उपद्रवको मुद्दा, शुक्रबारसम्म हिरासतमै रहने
१५ माघ, काठमाडौं । आफूलाई अभियन्ता बताउने आशिका तामाङ आउँदो शुक्रबारसम्म प्रहरी हिरासतमै रहने भएकी छिन् । प्रहरी वृत्त जगाते, भक्तपुरले उनीविरुद्ध आपराधिक उपद्रवको कसुरमा अनुसन्धान सकेर काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । मंगलबार उनीविरुद्धको बयान तथा थुनछेक बहस नसकिएपछि प्रहरीकै जिम्मा लगाइएको छ । मंगलबार अदालती प्रक्रिया नसकिएपछि शुक्रबारसम्म प्रहरीकै जिम्मा लगाइएको छ,’ जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी ढुण्डिराज नेउपानेले भने ।
उनका अनुसार प्रहरीले अनुसन्धान टुंग्याएर मंगलबार नै फाइल सरकारी वकिल कार्यालयमार्फत् अदालतमा मुद्दा दर्ता गरेको थियो । यहीबीचमा सार्वजनिक बिदा परेकाले अदालतले प्रहरीको जिम्मा लगाएको हो । मुलकी फौजदारी अपराध संहिताको परिच्छेद २६ मा आपराधिक उपद्रवसम्बन्धी उल्लेख छ । ऐनको दफा २८५ मा कसैले आपराधिक उपद्रव गर्न वा गराउन नहुने उल्लेख गरिएको छ । उक्त कसुर गर्नेलाई ५ वर्षदेखि १२ वर्षसम्म कैदको व्यवस्था छ । केहीअघि साँगाको झोलुङ्गे पुल तरेवापत २० रुपैयाँ लिने गरेकोमा विरोध गर्दै आशिकाले टिकटको रसिदसमेत च्यातेकी थिइन् ।
सोही विषयमा आशिकाविरुद्ध सूर्यविनायक नगरपालिकाले प्रहरी वृत्त जगातेमा आपराधिक उपद्रवको जाहेरी दिएको थियो । प्रहरी वृत्त गौशालाबाट अभद्र व्यवहारको कसुरमा मुद्दा चलेकी उनलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले सोमबार १० हजार धरौटीमा रिहा गर्न आदेश दिएको थियो । त्यसपछि उनलाई भक्तपुर प्रहरीको जिम्मा लगाइएको थियो । आशिकाविरुद्धको मुद्दा फौजदारी न्यायको सिद्धान्तविपरीत कानुनका जानकारहरू भने आशिकाविरुद्धको मुद्दा फौजदारी न्यायको सिद्धान्त विपरीत रहेको बताउँछन् । बरिष्ठ अधिवक्ता डा. नारायण प्रसाद घिमिरे तामाङले गरेको गतिविधी हेर्दा उनलाई सामान्य नसिहत दिए पुग्ने अवस्था भएको बताउँछन् ।
Post Comment