आशिका तामाङमाथि आपराधिक उपद्रवको मुद्दा, शुक्रबारसम्म हिरासतमै रहने

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, माघ १५, २०८१
|
|
३७ पटक हेरिएको
Shares
आशिका तामाङमाथि आपराधिक उपद्रवको मुद्दा, शुक्रबारसम्म हिरासतमै रहने

सारांश

  • आफूलाई अभियन्ता बताउने आशिका तामाङ आउँदो शुक्रबारसम्म प्रहरी हिरासतमै रहने भएकी छिन् ।
  • प्रहरी वृत्त जगाते, भक्तपुरले उनीविरुद्ध आपराधिक उपद्रवको कसुरमा अनुसन्धान सकेर काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।
  • मंगलबार उनीविरुद्धको बयान तथा थुनछेक बहस नसकिएपछि प्रहरीकै जिम्मा लगाइएको छ ।

 

१५ माघ, काठमाडौं । आफूलाई अभियन्ता बताउने आशिका तामाङ आउँदो शुक्रबारसम्म प्रहरी हिरासतमै रहने भएकी छिन् । प्रहरी वृत्त जगाते, भक्तपुरले उनीविरुद्ध आपराधिक उपद्रवको कसुरमा अनुसन्धान सकेर काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । मंगलबार उनीविरुद्धको बयान तथा थुनछेक बहस नसकिएपछि प्रहरीकै जिम्मा लगाइएको छ । मंगलबार अदालती प्रक्रिया नसकिएपछि शुक्रबारसम्म प्रहरीकै जिम्मा लगाइएको छ,’ जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी ढुण्डिराज नेउपानेले  भने ।

उनका अनुसार प्रहरीले अनुसन्धान टुंग्याएर मंगलबार नै फाइल सरकारी वकिल कार्यालयमार्फत् अदालतमा मुद्दा दर्ता गरेको थियो । यहीबीचमा सार्वजनिक बिदा परेकाले अदालतले प्रहरीको जिम्मा लगाएको हो । मुलकी फौजदारी अपराध संहिताको परिच्छेद २६ मा आपराधिक उपद्रवसम्बन्धी उल्लेख छ । ऐनको दफा २८५ मा कसैले आपराधिक उपद्रव गर्न वा गराउन नहुने उल्लेख गरिएको छ । उक्त कसुर गर्नेलाई ५ वर्षदेखि १२ वर्षसम्म कैदको व्यवस्था छ । केहीअघि साँगाको झोलुङ्गे पुल तरेवापत २० रुपैयाँ लिने गरेकोमा विरोध गर्दै आशिकाले टिकटको रसिदसमेत च्यातेकी थिइन् ।

सोही विषयमा आशिकाविरुद्ध सूर्यविनायक नगरपालिकाले प्रहरी वृत्त जगातेमा आपराधिक उपद्रवको जाहेरी दिएको थियो । प्रहरी वृत्त गौशालाबाट अभद्र व्यवहारको कसुरमा मुद्दा चलेकी उनलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले सोमबार १० हजार धरौटीमा रिहा गर्न आदेश दिएको थियो । त्यसपछि उनलाई भक्तपुर प्रहरीको जिम्मा लगाइएको थियो । आशिकाविरुद्धको मुद्दा फौजदारी न्यायको सिद्धान्तविपरीत कानुनका जानकारहरू भने आशिकाविरुद्धको मुद्दा फौजदारी न्यायको सिद्धान्त विपरीत रहेको बताउँछन् । बरिष्ठ अधिवक्ता डा. नारायण प्रसाद घिमिरे तामाङले गरेको गतिविधी हेर्दा उनलाई सामान्य नसिहत दिए पुग्ने अवस्था भएको बताउँछन् ।

‘उनको मनसाय खराब थिएन, कानूनी व्यवस्था देखाई नसिहत दिए पुग्ने थियो । यसरी मुद्दा लगाएर दुःख दिनु त फौजदारी कानूनको सिद्धान्त विपरित भयो,’ घिमिरे भन्छन्, ‘समाजमा अनुशासन कायम गर्न कहिलेकाही सामान्य अनुशासनात्मक कारवाही गरे पुग्छ । यो सरासर कानूनको दुरुपयोग देखियो ।’ उनको क्रियाकलापले अधिकतम अभद्र व्यवहारजन्य अवस्था देखिने औल्याउदै कानुन व्यवसायीहरू प्रमुख जिल्ला अधिकारीहरुले हेर्नेगरी कारवाही गरेको भए पुग्ने बताउँछन् । कतिपय व्यक्तिहरूलाई उनको व्यवहारले कानुनको उल्लंघन गरेको भएपनि त्यो भन्दा क्षति नगरेकाले सांकेतिक सजाय गरे पुग्ने थियो ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नर्सको तलब सरकारीसरह दिन स्वास्थ्य मन्त्रालयको निर्देशन
नर्सको तलब सरकारीसरह दिन स्वास्थ्य मन्त्रालयको निर्देशन
न्यायाधीशलाई मोसो छ्याप्नेलाई रिहाइ माग्दै प्रदर्शन गर्ने ७ जना पक्राउ
न्यायाधीशलाई मोसो छ्याप्नेलाई रिहाइ माग्दै प्रदर्शन गर्ने ७ जना पक्राउ
हरिवनमा मानव सेवा आश्रम भवन निर्माणार्थ श्रीमद्भागवत महायज्ञ हुने
हरिवनमा मानव सेवा आश्रम भवन निर्माणार्थ श्रीमद्भागवत महायज्ञ हुने
कोशी पर्यटन वर्षको तयारी पूरा, प्रधानमन्त्रीले उद्घाटन गर्ने
कोशी पर्यटन वर्षको तयारी पूरा, प्रधानमन्त्रीले उद्घाटन गर्ने
घर फर्किन पाउँदा खुसी लागेको छ : थापा
घर फर्किन पाउँदा खुसी लागेको छ : थापा
सशस्त्र प्रहरीको पूर्व-पश्चिम झण्डा मार्च सर्लाहीमा
सशस्त्र प्रहरीको पूर्व-पश्चिम झण्डा मार्च सर्लाहीमा
राष्ट्रपति पौडेलद्वारा १३ औं किन्डर ओलम्पिकको मस्कर्टको अनावरण
राष्ट्रपति पौडेलद्वारा १३ औं किन्डर ओलम्पिकको मस्कर्टको अनावरण
यू-१९ एसिया कप: श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा
यू-१९ एसिया कप: श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा
यस्तो रहने छ आजको मौसम : यी चार प्रदेशमा वर्षाको सम्भावना
यस्तो रहने छ आजको मौसम : यी चार प्रदेशमा वर्षाको सम्भावना
बागलुङ बडिगाड पहिरो : तीन बालबालिका अझै बेपत्ता
बागलुङ बडिगाड पहिरो : तीन बालबालिका अझै बेपत्ता