तीन बर्षीया बालिकाको घाँटी रेटेर हत्या
११ माघ , जाजरकोट । जाजरकोटको बारेकोटमा एक तीन वर्षीया बालिकाको घाँटी रेटेर हत्या भएको छ । बारेकोट गाउँपालिका–७ स्याला निवासी शिवबहादुर सार्कीकी तीन बर्षीया छोरी अस्मिता सार्कीको घाँटी रेटेर हत्या भएको हो । बिहीबार दिउँसोदेखि हराइरहेकी उनको हत्या गरी परालले छोपेको अवस्थामा शव भेटिएको हो ।
परिवारले राति १० बजे मात्रै फेला पारेका थिए । बालिकाको बलात्कार प्रयासपछि घाँटी रेटेर हत्या गरेको हुनसक्ने प्रहरीको भनाइ छ । बालिकाको हत्या आरोपमा प्रहरीले बारेकोट गाउँपालिका–६ ताँसीका १२ वर्षीय एक बालकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको जिल्ला प्रहरी प्रमुख डीएसपी पुरुषोत्तम प्रसाद पाण्डेले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment