डेढ अर्ब लगानीको होटल ‘बेस्ट वेस्टर्न काठमाडौं’ सञ्चालनमा, आइपिओ पनि ल्याउने

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, माघ १०, २०८१
|
|
७९ पटक हेरिएको
Shares
डेढ अर्ब लगानीको होटल ‘बेस्ट वेस्टर्न काठमाडौं’ सञ्चालनमा, आइपिओ पनि ल्याउने

सारांश

  • केएमसी ग्रुपका संस्थापकहरूको विश्वप्रसिद्ध अमेरिकी ब्रान्डसँग सहकार्य गरी ‘बेस्ट वेस्टर्न प्लस काठमाडौं’ सञ्चालनमा ल्याएका हुन्।
  • पब्लिक लिमिटेड कम्पनी अन्तर्गतको यस परियोजनामा डेढ अर्ब रूपैयाँ लगानी भएको छ।
  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र पशुपतिनाथ मन्दिर नजिकै रहेको यो होटलबाट काठमाडौंका प्रमुख पर्यटकीय स्थानहरू, सांस्कृतिक धरोहर र व्यावसायिक केन्द्रहरूसम्म सजिलै पुग्न सकिन्छ।

काठमाडौंको गौशालामा चारतारे होटल सञ्चालनमा आएको छ। केएमसी ग्रुपका संस्थापकहरूको विश्वप्रसिद्ध अमेरिकी ब्रान्डसँग सहकार्य गरी ‘बेस्ट वेस्टर्न प्लस काठमाडौं’ सञ्चालनमा ल्याएका हुन्। पब्लिक लिमिटेड कम्पनी अन्तर्गतको यस परियोजनामा डेढ अर्ब रूपैयाँ लगानी भएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र पशुपतिनाथ मन्दिर नजिकै रहेको यो होटलबाट काठमाडौंका प्रमुख पर्यटकीय स्थानहरू, सांस्कृतिक धरोहर र व्यावसायिक केन्द्रहरूसम्म सजिलै पुग्न सकिन्छ। होटलमा दुई उत्कृष्ट रेस्टुरेन्ट र रुफ टफ बार छन्। जहाँ १ सय ४० क्षमताको सनराइज क्याफे र १ सय ४० क्षमताको ला–भिस्टा रुफटप रेष्टुरेन्ट छन्। जहाँबाट काठमाडौं सहरको मनोरम दृश्य देखिन्छ। होटलमा दुई वटा हल छन् जसमा एक हजार २५० जना क्षमता रहेको छ। सम्मेलन, व्यावसायिक कार्यक्रम र सामाजिक भेला गर्न सकिन्छ।

होटलमा फिटनेस सेन्टर, हेल्थ क्लब, स्पा, स्टिम, साउना र बाहिरी स्विमिङ रहेको छ। ७ रोपनी क्षेत्रफल मा अवस्थित यस होटलमा ८४ कोठा (रुम) छन्। जसमा ४ वटा सुइट रुम, ७ वटा प्रिमियम रुम, १२ वटा सुपर डिलक्स रुम र ६१ वटा डिलक्स रुम छन्। अन्तर्राष्ट्रिय पर्यटकहरूलाई आकर्षित गर्दै र विदेशी मुद्रा सञ्चिति वृद्धि गर्दै राष्ट्रिय अर्थतन्त्रमा योगदान गर्ने उद्देश्यका साथ होटल सञ्चालनमा ल्याएको केएमसी ग्रुपले जनाएको छ। चाँडै आइपिओमा जाने योजना सहित यो होटलले नेपालको पर्यटकीय सेवाको क्षेत्रमा एक महत्त्वपूर्ण कोसेढुंगा बन्ने विश्वास राखेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रसुवा र संखुवासभामा पहिरो र बाढी : पासाङ ल्हामु राजमार्गसहित चीन जोड्ने नाका अझै अवरुद्ध
रसुवा र संखुवासभामा पहिरो र बाढी : पासाङ ल्हामु राजमार्गसहित चीन जोड्ने नाका अझै अवरुद्ध
मार्फा-जोमसोम खण्ड वैशाखभित्र सम्पन्न गर्न निर्देशन
मार्फा-जोमसोम खण्ड वैशाखभित्र सम्पन्न गर्न निर्देशन
सरकारले आज सय दिनको उपलब्धी सार्वजनिक गर्ने
सरकारले आज सय दिनको उपलब्धी सार्वजनिक गर्ने
नेप्से ४.२८ अंकले घट्यो, कारोबार रकममा पनि गिरावट
नेप्से ४.२८ अंकले घट्यो, कारोबार रकममा पनि गिरावट
साफ यू-२० महिला च्याम्पियनसिप : निर्णायक खेलमा बंगलादेशसँग खेल्दै नेपाल
साफ यू-२० महिला च्याम्पियनसिप : निर्णायक खेलमा बंगलादेशसँग खेल्दै नेपाल
आन्तरिक बैठकबाटै निस्किए मन्त्री, भूमि विधेयकको छलफल दुई मिनेटमै स्थगित
आन्तरिक बैठकबाटै निस्किए मन्त्री, भूमि विधेयकको छलफल दुई मिनेटमै स्थगित
रास्वपा प्रदेश सभा खारेजीको पक्षमा छः मनिष झा
रास्वपा प्रदेश सभा खारेजीको पक्षमा छः मनिष झा
सरकारले दल विभाजनसम्बन्धी व्यवस्था संशोधन गर्न विधेयक ल्याउँदै
सरकारले दल विभाजनसम्बन्धी व्यवस्था संशोधन गर्न विधेयक ल्याउँदै
मधेशी आयोगको वार्षिक प्रतिवेदनमाथि छलफल गर्दै संसदीय समिति
मधेशी आयोगको वार्षिक प्रतिवेदनमाथि छलफल गर्दै संसदीय समिति
पत्रकार सम्मेलन गर्दै रास्वपा
पत्रकार सम्मेलन गर्दै रास्वपा