इंग्ल्याण्डविरुद्ध भारतको सहज जित, अभिषेकको सानदार ब्याटिङ
१० माघ, इंग्ल्याण्डविरुद्धको टी–२० सिरिजको पहिलो खेलमा भारत ७ विकेटले विजयी भएको छ । बुधबार राति सम्पन्न खेलमा इंग्ल्याण्डले दिएको १ सय ३३ रनको सामान्य लक्ष्य भारतले १२.५ ओभरमा तीन विकेट गुमाएर पूरा गर्यो ।
उसका लागि अभिषेक शर्माले सानदार पारी खेले । उनले ३४ बलमा ८ छक्का र ५ चौकासहित ७९ रनको पारी खेलेका हुन् । यस्तै, तिलक बर्माले सञ्जु सामसनले २६ र अविजित १९ रन बनाए । इङ्ग्ल्याण्डका लागि जोफ्रा आर्चरले दुई र आदिल राशिदले एक विकेट लिए । त्यसअघि कोलकाताका लागि इेडन गार्डेनमा टस हारेर पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले निर्धारित २० ओभरमा १ सय ३२ रन बनायो ।
उसका लागि कप्तान जस बटलरले अर्धशतकीय पारी खेले । उनले ४४ बलमा ८ चौका र दुई छक्कासहित सर्वाधिक ६८ रन बनाए । यस्तै, ह्यारी ब्रुकले १७ तथा जोफ्रा आर्चर १२ रनमा आउट भए । भारतका लागि वरुण चक्रवर्तीले तीन, हार्दिक पाण्ड्या, अक्षर पटेल र अर्शदीप सिंहले दुई/दुई विकेट लिए । यो जितसँगै भारतले ५ खेलको सिरिजमा १–० को अग्रता लिएको छ ।
Post Comment