सङ्खुवासभाको बाह्रबिसे बजारमा आगलागी, पाँच घर जले

२ माघ, सङ्खुवासभाको सभापोखरी गाउँपालिका– ६, बाह्रबिसे बजारमा आगलागी हुँदा पाँचवटा घर जलेर नष्ट भएका छन् । आज भएको आगलागीबाट रामबहादुर राई, अमृता राई, लालसिंह लिम्बूको एकएकवटा र सुरेश तामाङको दुईवटा घर जलेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामकुमार लामिछानेले बताए ।

उनका अनुसार आज दिउँसो २ बजेदेखि रामबहादुर राईको घरबाट आगलागी सुरु भएको थियो । नेपाली सेना, प्रहरी र स्थानीयवासीको सक्रियतामा आगो निभाइएको छ । आगलागीबाट भएको क्षतिको यकिन विवरण आउन समय लाग्ने प्रहरीले जनाएको छ ।




Post Comment