स्थानीय तहले तोकेको सीमामा मात्र निजी विद्यालयले शुल्क लिन पाउने

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, भाद्र २७, २०८०
|
|
३७ पटक हेरिएको
Shares
स्थानीय तहले तोकेको सीमामा मात्र निजी विद्यालयले शुल्क लिन पाउने

सारांश

  •   अब निजी लगानीका विद्यालय स्थापना र कक्षा थपको स्वीकृति प्रदान गर्दा स्थानीय तहले तोकेबमोजिम सञ्चालन हुनेछ भने स्थानीय तहले तोकेको शीर्षक र सीमामा मात्र निजी विद्यालयले शुल्क लिन पाउने भएका छन् ।
  • सार्वजनिक विद्यालयले भने शुल्क लिन पाउने छैन ।
  • नयाँ निजी विद्यालयको सञ्चालन गुठी (बोर्ड अफ ट्रष्टी) को मातहत हुनेछ भने हाल सञ्चालनमा रहेका निजी विद्यालय गुठीमा जान भने बाध्य हुने छैन ।

२७ भदौं, काठमाडौं ।  अब निजी लगानीका विद्यालय स्थापना र कक्षा थपको स्वीकृति प्रदान गर्दा स्थानीय तहले तोकेबमोजिम सञ्चालन हुनेछ भने स्थानीय तहले तोकेको शीर्षक र सीमामा मात्र निजी विद्यालयले शुल्क लिन पाउने भएका छन् ।

सार्वजनिक विद्यालयले भने शुल्क लिन पाउने छैन । नयाँ निजी विद्यालयको सञ्चालन गुठी (बोर्ड अफ ट्रष्टी) को मातहत हुनेछ भने हाल सञ्चालनमा रहेका निजी विद्यालय गुठीमा जान भने बाध्य हुने छैन । नेपाल सरकारले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा सो व्यवस्थाको उल्लेख गरिएको हो ।

विद्यालयको स्थापना र सञ्चालनको राष्ट्रिय मापदण्ड बनाइ उचित व्यवस्थापनका लागि मन्त्रिपरिषद्बाट पारित गरेर सो विधेयक प्रतिनिधिसभामा आज दर्ता गरिएको हो । दर्तापछि विधेयकलाई सङ्घीय संसद् सचिवालयले वेभसाइटमा समावेश गरेको छ । यस विधेयकमा विद्यालय स्थापनाका आधारलाई स्पष्ट र पारदर्शी बनाइएको छ ।

यस विधेयकले शिक्षकको तलब वृद्धिको अधिकतम् दर, मिति २०७५ चैत ४ पछि नियुक्त हुने शिक्षकको निवृत्तिभरण कोष ऐन, २०७५ को व्यवस्था समेतका आधारमा कट्टा हुने र थप हुने रकम नियमावलीबमोजिम निर्धारण हुने प्रबन्ध गरेको छ । विद्यालय व्यवस्थापन समितिको अध्यक्ष अभिभावकमध्येबाट चयन हुनेछ । यसैगरी विद्यालय कर्मचारीका लागि सुविधाको व्यवस्था गरिएको छ । विधेयकमा नेपाल शिक्षक महासङ्घका पेसागत मागलाई अधिकतम् सम्बोधन गरिएको जनाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

संघीय मामिला मन्त्रालयद्वार ‘गुनासो व्यवस्थापन केन्द्र’ स्थापना
संघीय मामिला मन्त्रालयद्वार ‘गुनासो व्यवस्थापन केन्द्र’ स्थापना
गुल्मीको मुसिकोटबाट एक वर्षमा ६९६ जना बसाइँ सरे
गुल्मीको मुसिकोटबाट एक वर्षमा ६९६ जना बसाइँ सरे
रुपन्देहीमा नाउपाका धनिराम चौधरीसहितका नेता जनमत पार्टीमा प्रवेश
रुपन्देहीमा नाउपाका धनिराम चौधरीसहितका नेता जनमत पार्टीमा प्रवेश
तिनाउ खोलामा डुबेर दुई भारतीय बेपत्ता
तिनाउ खोलामा डुबेर दुई भारतीय बेपत्ता
रेड नोटिस जारी भएका व्यक्ति ओमानबाट पक्राउ
रेड नोटिस जारी भएका व्यक्ति ओमानबाट पक्राउ
३६ वर्षसम्म सुरक्षाकर्मीलाई हतकडी लगाएको गृहमन्त्री गुरुङको टिप्पणी
३६ वर्षसम्म सुरक्षाकर्मीलाई हतकडी लगाएको गृहमन्त्री गुरुङको टिप्पणी
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
सर्लाही क्रिकेट लिग सिजन २ सुरु, सगरमाथाको विजयी शुरुवात
सर्लाही क्रिकेट लिग सिजन २ सुरु, सगरमाथाको विजयी शुरुवात
सभापति देउवालाई बुझाइयो हिन्दूराष्ट्रको पक्षमा १ हजार ६३ जना महासमिति सदस्यको हस्ताक्षर
सभापति देउवालाई बुझाइयो हिन्दूराष्ट्रको पक्षमा १ हजार ६३ जना महासमिति सदस्यको हस्ताक्षर
जनकपुरबाट बरहथवा आउँदै गरेको बस महोत्तरीमा दुर्घटना, ६ जना गम्भीर घाइते
जनकपुरबाट बरहथवा आउँदै गरेको बस महोत्तरीमा दुर्घटना, ६ जना गम्भीर घाइते

तपाईंले छुटाउनुभयो कि?