जग्गा घोटालामा टीकापुरका उपमेयर दोषी ठहर

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, पौष २६, २०८१
|
|
४५ पटक हेरिएको
Shares
जग्गा घोटालामा टीकापुरका उपमेयर दोषी ठहर

सारांश

  • कैलालीको टीकापुर नगरपालिकाका उप्रप्रमुख खडक बहादुर शाह टीकापुर नगर विकास समितिको जग्गा घोटाला प्रकरणमा दोषी देखिएका छन् ।
  • विशेष अदालत काठमाडौँले सो जग्गा प्रकरण सम्बन्धी मुद्दामा सुनुवाइ गर्दै शाहसहितलाई कैद र जरिवाना भराउने फैसला गरेको छ ।
  • विशेष अदालतले टीकापुर नगर विकास समितिको जग्गा नक्कली कागजातका आधारमा गैरकानुनी तवरले व्यक्ति विशेषका नाममा हक हस्तान्तरण गरी भ्रष्टाचार गरेको अभियोगमा ८७ जनालाई दोषी ठहर गरेको छ ।

२६ पुस, धनगढी । कैलालीको टीकापुर नगरपालिकाका उप्रप्रमुख खडक बहादुर शाह टीकापुर नगर विकास समितिको जग्गा घोटाला प्रकरणमा दोषी देखिएका छन् । विशेष अदालत काठमाडौँले सो जग्गा प्रकरण सम्बन्धी मुद्दामा सुनुवाइ गर्दै शाहसहितलाई कैद र जरिवाना भराउने फैसला गरेको छ ।

विशेष अदालतले टीकापुर नगर विकास समितिको जग्गा नक्कली कागजातका आधारमा गैरकानुनी तवरले व्यक्ति विशेषका नाममा हक हस्तान्तरण गरी भ्रष्टाचार गरेको अभियोगमा ८७ जनालाई दोषी ठहर गरेको छ ।  यो फैसलासँगै उपप्रमुख शाहको पद धरापमा परेको छ । उनको निलम्बन जारी रहनेछ । कानुन व्यवसायीहरूका अनुसार अदालतको फैसलाको पूर्णपाठ आएपछि उपप्रमुख शाहले विशेष अदालतको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गर्न सक्नेछन् ।

सर्वोच्चले पनि दोषी ठहर गरेमा उनी पदमुक्त हुनेछन् । तर सफाइ पाएको अवस्थामा भने उनको पद जोगिनेछ । बिहीबार टेकनारायण कुँवर, तेजनारायण सिंह राई र रितेन्द्र थापाको संयुक्त इजलासले नेपाल सरकार वादी र नेत्रप्रसाद जैसीसमेत २४९ जना प्रतिवादी भएको मुद्दाको फैसला गरेको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आगामी उपनिर्वाचन र २०८४ मा माओवादी केन्द्र एक्लै प्रतिस्पर्धामा जान्छ : प्रचण्ड
आगामी उपनिर्वाचन र २०८४ मा माओवादी केन्द्र एक्लै प्रतिस्पर्धामा जान्छ : प्रचण्ड
कांग्रेस सभापति गगन थापाले दिए राजीनामा
कांग्रेस सभापति गगन थापाले दिए राजीनामा
सिरहा कारागारमा तनाव, नाइके पक्राउपछि कैदीबन्दीको आगजनी र तोडफोड
सिरहा कारागारमा तनाव, नाइके पक्राउपछि कैदीबन्दीको आगजनी र तोडफोड
सचिव अधिकारीले लिए पद तथा गोपनीयताको शपथ
सचिव अधिकारीले लिए पद तथा गोपनीयताको शपथ
नेपाललाई अस्ट्रेलियाले दियो १४० रनको लक्ष्य
नेपाललाई अस्ट्रेलियाले दियो १४० रनको लक्ष्य
देउवाले बोलाए कार्यसम्पादन समितिको बैठक
देउवाले बोलाए कार्यसम्पादन समितिको बैठक
आईपीएल फाइनल भागदौड घटना: रोयल च्यालेन्जर्स बेंगलुरुका मार्केटिङ प्रमुखसहित ३ जना पक्राउ
आईपीएल फाइनल भागदौड घटना: रोयल च्यालेन्जर्स बेंगलुरुका मार्केटिङ प्रमुखसहित ३ जना पक्राउ
जबरजस्ती करणी गरेको अभियोगमा २ जना पक्राउ
जबरजस्ती करणी गरेको अभियोगमा २ जना पक्राउ
हनीट्रयाप काण्ड : फिरौती असुलेर विनोदको ह*त्यामा संलग्न ३ जनालाई जन्मकैद
हनीट्रयाप काण्ड : फिरौती असुलेर विनोदको ह*त्यामा संलग्न ३ जनालाई जन्मकैद
दलित समुदायको अधिकारबारे राष्ट्रिय सभामा छलफल हुँदै
दलित समुदायको अधिकारबारे राष्ट्रिय सभामा छलफल हुँदै