२६ जेष्ठ २०८२, आईतवार

नेम्वाङको निधनप्रति नगर कमिटीद्वारा श्रद्धाञ्जली कार्यक्रम

 

सर्लाही। सर्लाहीको हरीपुर्वा नगरपालिकामा गठित ने.क.पा एमालेका नगरस्तरीय कमिटीद्वारा श्रद्धाञ्जली कार्यक्रम गरिएको छ।

ने. क.पा एमाले पार्टीका उपाध्यक्ष एव भु. पु सभामुख समेत रहेका सुवास नेम्वाङको मङ्गलबार मध्यराति एक बजे हृदयघातलको कारणले असमायिक निधन भएको शोकमा हरीपुर्वा नगर कमिटीद्वारा कार्यक्रम गरिएको हो।

कार्यक्रममा नेकपा ओ.वि.सी महासंघका सर्लाही जिल्ला अध्यक्ष राजीव साह र मधेस प्रदेश क्षेत्र न. २ का कमिटी सदस्य बिकाउ राय तथा किशान महासंघका पदािकारीहरु एवम् वडा न.६ का भू .पु वडा अध्यक्ष क.दिनेश राय यादव लगायत एमाले पार्टिका बिभिन्न सक्रिय सदस्यहरूको संयोजकत्वमा उक्त श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको नेकपा ओ.वि.सी महासंघका सर्लाही जिल्ला अध्यक्ष राजीव साहले जनकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

छुटाउनुभयो कि ?