२६ जेष्ठ २०८२, आईतवार

कर्मचारी व्यवस्थापन मिलाउन प्रधानमन्त्री कार्यालयले गुहार्‍यो सतर्कता केन्द्र

 

२२ पुस, काठमाडौँ — कर्मचारी व्यवस्थापनको अनुगमन गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले राष्ट्रिय सतर्कता केन्द्र गुहारेको छ । गृह र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारीलाई कामविहीन बनाएर राज्यको सुशासन र सेवा प्रवाहमा हेलचेक्र्याइँ गरेको भन्दै प्रधानमन्त्री कार्यालयले यसको व्यवस्थापन अनुगमन गर्न केन्द्रलाई जिम्मेवारी दिएको हो ।

प्रधानमन्त्री कार्यालयले गृह र संघीय मामिला मन्त्रालयलाई तीन दिनभित्र कर्मचारी व्यवस्थापन मिलाउन आइतबार लिखित निर्देशन दिएको छ । तोकिएको समयमा व्यवस्थापन मिलाए/नमिलाएको अनुगमन गरेर चौथो दिन प्रतिवेदन पेस गर्न केन्द्रलाई लिखित रूपमै कार्यार्थ दिइएको हो । प्रधानमन्त्री कार्यालयले सतर्कता केन्द्रको प्रतिवेदनका आधारमा मन्त्रालयका सचिवहरूलाई व्यवस्थापन नमिलाउनुको कारण सोध्ने तयारीसमेत गरेको छ ।

‘स्वीकृत भएबमोजिमको पद र श्रेणीको कर्मचारीको पदस्थापन नगरी त्योभन्दा तल्लो श्रेणी र पदका कर्मचारीलाई जिम्मेवारी दिएर काम गराउने प्रवृत्ति बढ्दै गएको छ,’ प्रधानमन्त्री कार्यालयका शासकीय सुधार महाशाखाका सहसचिव किरण रूपाखेतीले हस्ताक्षर गरेको पत्रमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment