कर्मचारी व्यवस्थापन मिलाउन प्रधानमन्त्री कार्यालयले गुहार्‍यो सतर्कता केन्द्र

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, पौष २२, २०८१
|
|
४९ पटक हेरिएको
Shares
कर्मचारी व्यवस्थापन मिलाउन प्रधानमन्त्री कार्यालयले गुहार्‍यो सतर्कता केन्द्र

सारांश

  • गृह र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारीलाई कामविहीन बनाएर राज्यको सुशासन र सेवा प्रवाहमा हेलचेक्र्याइँ गरेको भन्दै प्रधानमन्त्री कार्यालयले यसको व्यवस्थापन अनुगमन गर्न केन्द्रलाई जिम्मेवारी दिएको हो ।
  • प्रधानमन्त्री कार्यालयले गृह र संघीय मामिला मन्त्रालयलाई तीन दिनभित्र कर्मचारी व्यवस्थापन मिलाउन आइतबार लिखित निर्देशन दिएको छ ।
  • तोकिएको समयमा व्यवस्थापन मिलाए/नमिलाएको अनुगमन गरेर चौथो दिन प्रतिवेदन पेस गर्न केन्द्रलाई लिखित रूपमै कार्यार्थ दिइएको हो ।

२२ पुस, काठमाडौँ — कर्मचारी व्यवस्थापनको अनुगमन गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले राष्ट्रिय सतर्कता केन्द्र गुहारेको छ । गृह र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारीलाई कामविहीन बनाएर राज्यको सुशासन र सेवा प्रवाहमा हेलचेक्र्याइँ गरेको भन्दै प्रधानमन्त्री कार्यालयले यसको व्यवस्थापन अनुगमन गर्न केन्द्रलाई जिम्मेवारी दिएको हो ।

प्रधानमन्त्री कार्यालयले गृह र संघीय मामिला मन्त्रालयलाई तीन दिनभित्र कर्मचारी व्यवस्थापन मिलाउन आइतबार लिखित निर्देशन दिएको छ । तोकिएको समयमा व्यवस्थापन मिलाए/नमिलाएको अनुगमन गरेर चौथो दिन प्रतिवेदन पेस गर्न केन्द्रलाई लिखित रूपमै कार्यार्थ दिइएको हो । प्रधानमन्त्री कार्यालयले सतर्कता केन्द्रको प्रतिवेदनका आधारमा मन्त्रालयका सचिवहरूलाई व्यवस्थापन नमिलाउनुको कारण सोध्ने तयारीसमेत गरेको छ ।

‘स्वीकृत भएबमोजिमको पद र श्रेणीको कर्मचारीको पदस्थापन नगरी त्योभन्दा तल्लो श्रेणी र पदका कर्मचारीलाई जिम्मेवारी दिएर काम गराउने प्रवृत्ति बढ्दै गएको छ,’ प्रधानमन्त्री कार्यालयका शासकीय सुधार महाशाखाका सहसचिव किरण रूपाखेतीले हस्ताक्षर गरेको पत्रमा भनिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एमबीएसको प्रश्नपत्र ‘लिक’ गर्ने व्यक्तिहरू पक्राउ
एमबीएसको प्रश्नपत्र ‘लिक’ गर्ने व्यक्तिहरू पक्राउ
अहिले हाम्रो संविधान कठिन अवस्थामा छ: महेन्द्र राययादव
अहिले हाम्रो संविधान कठिन अवस्थामा छ: महेन्द्र राययादव
फागुन २१ को निर्वाचनपछि एउटा राजनीतिक युगको अन्त्य हुनेछ, नयाँ युगको सुरु हुनेछ
फागुन २१ को निर्वाचनपछि एउटा राजनीतिक युगको अन्त्य हुनेछ, नयाँ युगको सुरु हुनेछ
डेढ करोड अकुत आर्जन अभियोगमा भोजपुरका डिभिजन वन अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा
डेढ करोड अकुत आर्जन अभियोगमा भोजपुरका डिभिजन वन अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा
पछिल्लो २४ घण्टामा देशका धेरै स्थानमा भीषण वर्षा, छैन रोकिने सम्भावना
पछिल्लो २४ घण्टामा देशका धेरै स्थानमा भीषण वर्षा, छैन रोकिने सम्भावना
आलोकनगरमा एकीकृत समाजवादीको सचिवालय बैठक
आलोकनगरमा एकीकृत समाजवादीको सचिवालय बैठक
जनमत पार्टीका केन्द्रीय कोषाध्यक्ष यादव ठगी आरोपमा पक्राउ
जनमत पार्टीका केन्द्रीय कोषाध्यक्ष यादव ठगी आरोपमा पक्राउ
मकवानपुरमा अझै सुरु भएन मतगणना, समय अन्योल
मकवानपुरमा अझै सुरु भएन मतगणना, समय अन्योल
मलेसियाविरुद्ध नेपाली महिला क्रिकेट टोलीको शृंखला जित
मलेसियाविरुद्ध नेपाली महिला क्रिकेट टोलीको शृंखला जित
सर्लाहीमा १० के.जी. गाँजासहित दुई युवक पक्राउ
सर्लाहीमा १० के.जी. गाँजासहित दुई युवक पक्राउ