समाजवादी मोर्चाले आज विराटनगरमा सभा गर्दै

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, भाद्र २५, २०८०
|
|
४२ पटक हेरिएको
Shares
समाजवादी मोर्चाले आज विराटनगरमा सभा गर्दै

सारांश

  • चार दल सम्बद्ध समाजवादी मोर्चाले आज विराटनगरमा सन्देशसभा आयोजना गर्दैछ ।
  • सन्देशसभामा माओवादी अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्ड, पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले सम्बोधन गर्ने छन् ।
  •   भेलामा सत्तारुढ चार राजनीतिक दलका प्रदेशभरका अगुवा कार्यकर्ताहरु कार्यक्रममा सहभागी हुनेछन् ।

२५ भदौ, विराटनगर । चार दल सम्बद्ध समाजवादी मोर्चाले आज विराटनगरमा सन्देशसभा आयोजना गर्दैछ ।

सन्देशसभामा माओवादी अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्ड, पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले सम्बोधन गर्ने छन् ।  भेलामा सत्तारुढ चार राजनीतिक दलका प्रदेशभरका अगुवा कार्यकर्ताहरु कार्यक्रममा सहभागी हुनेछन् । सभामा प्रदेशसभा सबै जिल्लाहरुबाट पालिकास्तरीय नेता तथा कार्यकर्ताहरु प्रतिनिधिको रुपमा सहभागी हुनेछन् ।

मोर्चाले सात मध्ये ५ प्रदेशमा सन्देशसभा आयोजना गरिसकेको छ । समाजवादी मोर्चाले चारवटै पार्टीलाई कार्यकर्ता ल्याउन निर्देशन दिएको छ । सभामा विराटनगर, मोरङ, सुनसरी र झापाका कार्यकर्तालाई बढी प्राथमिकता दिएका छन् । पहाडी जिल्लाबाट भने प्रतिनिधिमूलक रुपमा कार्यकर्ताहरुको सहभागिता रहनेछ ।

मोर्चाले यसअघि मधेस, लुम्बिनी, कर्णाली, गण्डकी र वाग्मती प्रदेशमा सभा गरिसकेको छ ।असार ४ गते गठन भएको समाजवादी मोर्चाले देशभर संयुक्त सभा गर्दै आएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

डिशहोमले ल्यायो १ जीबीपीएस गतिको इन्टरनेट, एकैसाथ ६४ डिभाइस जडान गर्न सकिने
डिशहोमले ल्यायो १ जीबीपीएस गतिको इन्टरनेट, एकैसाथ ६४ डिभाइस जडान गर्न सकिने
नेपाल नामिबियासँग दोस्रो खेलमा पनि पराजित
नेपाल नामिबियासँग दोस्रो खेलमा पनि पराजित
मनसुन कमजोर भएपछि धान रोपाइँ साढे तीन प्रतिशतले घट्यो
मनसुन कमजोर भएपछि धान रोपाइँ साढे तीन प्रतिशतले घट्यो
सर्लाहीमा नागरिकता बनाउनेको भिड
सर्लाहीमा नागरिकता बनाउनेको भिड
सुन तस्करीमा पूर्वसभामुख महरालाई मुद्दा चलाउन सिफारिस
सुन तस्करीमा पूर्वसभामुख महरालाई मुद्दा चलाउन सिफारिस
आज एमाले सचिवालय बैठक बस्दै
आज एमाले सचिवालय बैठक बस्दै
एसईईको नतिजा सार्वजनिक, ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण
एसईईको नतिजा सार्वजनिक, ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण
अपराध विरूद्ध निर्मम भई जिम्मेवारी वहन गर्न प्रहरी कर्मचारीहरूलाई महानिरीक्षक कार्कीको निर्देशन
अपराध विरूद्ध निर्मम भई जिम्मेवारी वहन गर्न प्रहरी कर्मचारीहरूलाई महानिरीक्षक कार्कीको निर्देशन
प्रदेशमा भ्रष्टाचारविरुद्धको अभियान सशक्त बनाइनेछ : मुख्यमन्त्री सिँह
प्रदेशमा भ्रष्टाचारविरुद्धको अभियान सशक्त बनाइनेछ : मुख्यमन्त्री सिँह
निर्वाचनका दिन पनि पर्यटक आवागमन नरोक्ने सरकारको रणनीति
निर्वाचनका दिन पनि पर्यटक आवागमन नरोक्ने सरकारको रणनीति