३३ अंकले घट्यो सेयर बजार, नेप्से परिसूचक २५ सय विन्दुमा झर्यो
काठमाडौं : सेयर बजारमा ३३ अंकको गिरावट आएको छ। नेप्से परिसूचक ३३.०८ अंकले घटेर २५७६.५० विन्दुमा झरेको छ। सेन्सेटिभ इण्डेक्स ०.९५ प्रतिशतले घटेर ४४४.७१ विन्दुमा अडिएको छ। ३०८ स्क्रिप्सको १ करोड ३१ लाख ७४ हजार ३७९ कित्ता सेयर ५ अर्ब ६७ करोड ४६ लाख ८६ हजार ९१ रुपैयाँमा खरिदबिक्री भए।
अघिल्लो दिन सोमबार सार्वजनिक परेकाले कारोबार भएन। दोहोरो अंकले घटेको बजारमा कुनै पनि कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएन। आज चार कम्पनीको सेयर १० प्रतिशतले घट्यो। सुपर माइक्रोफाइनान्स वित्तीय संस्था,जानकी फाइनान्स,पोखरा फाइनान्स र नारायणी डेभलमेन्ट बैंकको सेयर १० प्रतिशतले घटेको हो। ३५ करोड माथिको सेयर कारोबार गरी प्रभु बैंक शीर्षस्थानमा रह्यो।
नेपाल फाइनान्सले १७ करोडको कारोबार गर्दा जानकी फाइनान्सको १४ करोड,एनएलजी इन्स्योरेन्सको १२ करोड र एनआरएन इन्फ्रास्टक्चर एण्ड डेलपमेन्टको ११ करोड मूल्य बराबरको सेयर कारोबार भयो। कारोबारमा आएकामध्ये २८ स्टक्सको मूल्य बढ्दा २१३ वटाको घट्यो। ३ स्टक्सको मूल्य भने स्थिर रह्यो। अदर्श समूहको उपसूचकबाहेक अन्यको नकारात्मक देखिएका छन्।
Post Comment