बैतडीमा केन्द्रबिन्दु भएर भूकम्प
१६ पुस, काठमाण्डु – बैतडीमा भूकम्प गएको छ । मंगलबार बिहान ७ बजेर ५४ मिनेट जाँदा ४.६ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

यसको केन्द्रबिन्दु बैतडीको सिगास गाउँपालिकाको न्वाघर क्षेत्र थियो। यसअघि आइतबार बिहान कालिकोटको ओडानाकु केन्द्रबिन्दु भएर ३.६ म्याग्निच्युडको भूकम्प गएको थियो। त्यसअघि शुक्रबार पनि राति ११ बजेर ३७ मिनेटमा कालिकोटको लाली आसपास केन्द्रबिन्दु बनाएर ३.७ म्याग्निच्यूडको भूकम्प गएको थियो। भूकम्प मापन केन्द्रका अनुसार पुस महिना लागेपछि मात्रै पश्चिम नेपालमा नौ वटा भूकम्प गएका छन् ।





Post Comment