१२ श्रावण २०८२, आईतवार

सर्लाहीको बयलवासमा मोटरसाइकल दुर्घटना; एक चालकको मृत्यु, अर्का घाइते

 

१४ पुस, सर्लाही । सर्लाहीको बयलवास बजार नजिक शनिबार साँझ दुईटा मोटरसाइकल ठोक्किँदा एक मोटरसाइकल चालकको मृत्यु भएको छ । अर्का चालक घाइते भएका छन् ।

बयलवास–बबरगञ्ज सडकखण्ड अन्तर्गत बयलवासबाट खोरिया टोलतर्फ जाँदै गरेको बीआर ३० एफ ८८५६ नम्वरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको ना ३९ प ७१६८ नम्वरको मोटरसाइकल एकआपसमा ठोक्किँदा ना ३९ प ७१६८ मोटरसाइकलका चालक ईश्वरपुर नगरपालिका–१०, बेलाका ५० वर्षीय राजेश चौधरीको मृत्यु भएको हो ।

चौधरीलाई प्रादेशिक अस्पताल मलङ्गवा पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । दुर्घटनामा बीआर ३० एफ ८८५६ नम्वरको मोटरसाइकलका चालक ईश्वरपुर नगरपालिका–९, खोरिया टोल बस्ने ३७ वर्षीय सुशीलकुमार राय दनुवार घाइते भएका छन् । उनको प्रहरी निगरानीमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?