११ चैत्र २०८२, बुधबार

४ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

 

चारवटा कम्पनीहरूको  लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। आज सिद्धार्थ बैंक, सर्वाेत्तम सिमेन्ट,हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) र ग्रिन भेन्चर्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ सर्वाेत्तम सिमेन्ट र एचआईडीसीएलले पुस १२ गते र सिद्धार्थ बैंक र ग्रिन भेन्चर्सले १४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। १२ र १३ गते शुक्रबार र शनिबार परेकाले नेप्से बन्द रहन्छ। यसकारण नेप्सेमा आजसम्म कारोबार भइ कायम सेयरधनीहरुले यी कम्पनीहरुको साधारण सभामा सहभागिता जनाउन तथा यी कम्पनीहरुले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् सिद्धार्थ बैंकले पुस २८ गते काठमाडौंको भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा वार्षिक साधारणसभा डाकेको छ। सो सभा बिहान बिहान साढे १० बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको  ४ प्रतिशत नगद लाभांश (कर समेत) वितरणको प्रस्ताव पारित गर्नेछ। सर्वाेत्तम सिमेन्टले चुक्ता पूँजीको ७ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद लाभांश (कर समेत) वितरणको प्रस्ताव गरेको छ। प्रस्तावित लाभांश पारित गर्न पुस २६ गते रुपन्देहीको भैरवहास्थित होटल भिलासामा बिहान ११ बजेदेखि सभा बस्दैछ।ग्रीन भेन्चर्स लिमिटेड पुस २८ गते आईतबार, रानी महल ब्याङक्वेट, ज्ञानेश्वर काठमाडौंमा वार्षिक साधारणसभा बोलाएको छ।

सभा बिहान ११ बजे शुरु हुनेछ। सभाले हाल कायम चुक्ता पूँजीको १० प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ सहित ०.५२ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। त्यस्तै,एचआईडीसीएलले चुक्ता पूँजीको ५.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ। घोषित लाभांश पारित गर्न पुस २४ गते काठमाडौंको बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा बिहान १० बजेदेखि सभा बस्दैछ।

Post Comment

छुटाउनुभयो कि ?