पत्रकार देउजामाथि आक्रमणको आरोपमा रास्वपाका वडा सभापति पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, पौष ५, २०८१
|
|
३० पटक हेरिएको
Shares
पत्रकार देउजामाथि आक्रमणको आरोपमा रास्वपाका वडा सभापति पक्राउ

सारांश

  • पत्रकार सन्तोष देउजामाथि आक्रमण गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीका स्थानीय नेता पक्राउ परेका छन् ।
  • रास्वपा भरतपुर १२ का सभापति समेत रहेका दिपक सेढाईँलाई हिजो राती उनकै घरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
  • रास्वपा सभापति रवि लामिछाने चितवन प्रहरीको हिरासतमा हुँदा पार्टीले गरेको आन्दोलनको रिर्पोटिङका क्रममा कपुरबोट मिडियाका सञ्चालक समेत रहेका देउजामाथि भौतिक आक्रमण भएको थियो ।

५ पुस, काठमाडौं । पत्रकार सन्तोष देउजामाथि आक्रमण गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीका स्थानीय नेता पक्राउ परेका छन् । रास्वपा भरतपुर १२ का सभापति समेत रहेका दिपक सेढाईँलाई हिजो राती उनकै घरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

रास्वपा सभापति रवि लामिछाने चितवन प्रहरीको हिरासतमा हुँदा पार्टीले गरेको आन्दोलनको रिर्पोटिङका क्रममा कपुरबोट मिडियाका सञ्चालक समेत रहेका देउजामाथि भौतिक आक्रमण भएको थियो । यो घटनाको भत्र्सना गर्दै पत्रकार सम्बद्ध संघ संगठनहरुले कुटपिटमा संलग्नमाथि कारवाहीको माग गरेका थिए । रास्वपाका सहप्रवक्ता मनिष झा र जिल्ला समितिले आफनो आन्दोलनमा घुसपैठ भएको भएको भन्दै पत्रकारमाथि आक्रमण गर्ने समूहलाई कार्वाही गर्न सघाउने बताएको थियो ।

पत्रकार देउजाले जिल्ला प्रहरी कार्यालय चितवनमा दिएको उजुरीका आधारमा अनुसन्धान गर्दै वडा सभापति सेढाईँलाई पक्राउ गरिएको बताएको छ । यो घटनामा जोडिएका अन्य व्यक्तिहरुको खोजी भईरहेको प्रहरी प्रवक्ता भेषराज रिजालले बताएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आन्दोलनरत शिक्षकलाई सरकारले वार्तामा बोलायो
आन्दोलनरत शिक्षकलाई सरकारले वार्तामा बोलायो
आर्थिक विधेयक २०८३ मा विचार गरियोस भन्ने प्रस्ताव पारित 
आर्थिक विधेयक २०८३ मा विचार गरियोस भन्ने प्रस्ताव पारित 
रास्वपाले गर्‍यो अर्ली चुनावको माग
रास्वपाले गर्‍यो अर्ली चुनावको माग
लुम्बिनीमा दुई समूहका युवा बीच झडप, पेस्तोलसहित दुई जना पक्राउ
लुम्बिनीमा दुई समूहका युवा बीच झडप, पेस्तोलसहित दुई जना पक्राउ
राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री ओली अस्पतालमा
राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री ओली अस्पतालमा
राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दै
राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दै
विश्वकप लिग–२ : आज नेपालले अमेरिकासँग प्रतिस्पर्धा गर्दै
विश्वकप लिग–२ : आज नेपालले अमेरिकासँग प्रतिस्पर्धा गर्दै
धादिङ कारागारमा सेनाको गोली लागेर एक जनाको मृ*त्यु, सात कैदीबन्दी घाइते
धादिङ कारागारमा सेनाको गोली लागेर एक जनाको मृ*त्यु, सात कैदीबन्दी घाइते
वाम प्रगतिशील ध्रुवीकरण घोषणा गर्दै जनार्दन
वाम प्रगतिशील ध्रुवीकरण घोषणा गर्दै जनार्दन
राजावादीहरुको प्रदर्शनमा मृ*त्यु भएका पत्रकार रजककी श्रीमतीलाई सरकारी जागिर
राजावादीहरुको प्रदर्शनमा मृ*त्यु भएका पत्रकार रजककी श्रीमतीलाई सरकारी जागिर