एकीकृत समाजवादीका नेताको जिम्मेवारी हेरफेर, कसलाई के?

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, पौष ३, २०८१
|
|
२६ पटक हेरिएको
Shares
एकीकृत समाजवादीका नेताको जिम्मेवारी हेरफेर, कसलाई के?

सारांश

  • एकीकृत समाजवादीको स्थायी कमिटी बैठकले गरेको कार्यविभाजनमा अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा २४ सदस्यीय केन्द्रीय सचिवालय गठन भएको सचिव सोमप्रसाद पाण्डेयले बताए।
  •   सम्मानित नेता झलनाथ खनाललाई स्कूल विभाग प्रमुखको जिम्मेवारी दिइएको छ।
  • त्यस्तै, संगठन विभाग प्रमुखमा बेदुराम भुसाल, विदेश विभाग प्रमुखमा प्रमेश हमाल, राजकीय मामिला विभाग प्रमुखमा घनेन्द्र बस्नेत र मोर्चा फाँट प्रमुखमा वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेलाई जिम्मेवारी दिइएको छ।

३ पुस,  नेकपा (एकीकृत समाजवादी)ले नेताहरूको जिम्मेवारी हेरफेर तथा कार्यविभाजन गरेको छ। एकीकृत समाजवादीको स्थायी कमिटी बैठकले गरेको कार्यविभाजनमा अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा २४ सदस्यीय केन्द्रीय सचिवालय गठन भएको सचिव सोमप्रसाद पाण्डेयले बताए।  सम्मानित नेता झलनाथ खनाललाई स्कूल विभाग प्रमुखको जिम्मेवारी दिइएको छ।

त्यस्तै, संगठन विभाग प्रमुखमा बेदुराम भुसाल, विदेश विभाग प्रमुखमा प्रमेश हमाल, राजकीय मामिला विभाग प्रमुखमा घनेन्द्र बस्नेत र मोर्चा फाँट प्रमुखमा वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेलाई जिम्मेवारी दिइएको छ। पार्टी उपाध्यक्ष जगन्नाथ खतिवडालाई संघीय तथा प्रादेशिक मामिला प्रमुख, उपाध्यक्ष प्रकाश ज्वालालाई प्रचार विभाग प्रमुख बनाइएको छ। यसैगरी, उपाध्यक्ष जयन्ती राईलाई अखिल नेपाल महिला संघ समाजवादीको इन्चार्ज, उपाध्यक्ष भानुभक्त जोशीलाई सुदूरपश्चिम प्रदेश इन्चार्ज, उपाध्यक्ष धर्मनाथप्रसाद साहलाई मधेश प्रदेश इन्चार्ज र उपाध्यक्ष गंगालाल तुलाधरलाई बागमती प्रदेश इन्चार्जको जिम्मेवारी दिइएको छ।

महासचिव घनश्याम भुसाललाई अनुगमनको जिम्मा दिइएको छ। उपमहासचिव राजेन्द्र राईलाई कोशी प्रदेश इन्चार्ज बनाइएको छ। त्यस्तै, अर्का उपमहासचिव रामकुमार भट्टराईलाई कार्यालय सचिव, उपमहासचिव गरिमा शाहलाई संसदीय इन्चार्ज र उपाध्यक्ष मेटमणि चौधरीलाई लुम्बिनी इन्चार्ज तोकिएको छ। सचिव श्रीनाथ बराललाई गण्डकी इन्चार्ज र सचिव चन्द्रबहादुर शाहीलाई कर्णाली प्रदेशको इन्चार्ज बनाइएको छ। युवा विभागको इन्चार्जको जिम्मेवारी लक्ष्मण केसी र विद्यार्थी विभाग इन्चार्जको जिम्मेवारी रामकुमारी झाँक्रीलाई प्रदान गरिएको उपाध्यक्ष खतिवडाले बताए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानाध्यापक विरूद्ध अख्तियारले दायर गर्‍यो भ्रष्टाचार मुद्दा दायर
प्रधानाध्यापक विरूद्ध अख्तियारले दायर गर्‍यो भ्रष्टाचार मुद्दा दायर
भारतकाे ७८औँ स्वतन्त्रता दिवसको उपहारमा दियाे नेपाललाई ६६ वटा स्कुल बस र ३५ वटा एम्बुलेन्स
भारतकाे ७८औँ स्वतन्त्रता दिवसको उपहारमा दियाे नेपाललाई ६६ वटा स्कुल बस र ३५ वटा एम्बुलेन्स
अध्यादेश कुनै हालतमा पास हुदैन – अध्यक्ष दाहाल
अध्यादेश कुनै हालतमा पास हुदैन – अध्यक्ष दाहाल
मन्त्रिपरिषद्को बैठक बस्दै
मन्त्रिपरिषद्को बैठक बस्दै
त्रिभुवन विमानस्थलको वार्षिक आम्दानी १३ अर्ब, लामिडाँडाको ४७४ रुपैयाँ !
त्रिभुवन विमानस्थलको वार्षिक आम्दानी १३ अर्ब, लामिडाँडाको ४७४ रुपैयाँ !
यस्तो छ तपाइको आजको राशिफल
यस्तो छ तपाइको आजको राशिफल
मेयर बालेन र उपमेयर सुनिताको वार्ता, कार्यपालिका बैठक राख्ने तयारी
मेयर बालेन र उपमेयर सुनिताको वार्ता, कार्यपालिका बैठक राख्ने तयारी
मकवानपुरमा नवजात शिशुकाे शव डम्पिङसाइटमा फेला
मकवानपुरमा नवजात शिशुकाे शव डम्पिङसाइटमा फेला
शासनमा बसेर खराब गर्नेलाई दण्डित गर्ने अधिकार जनतालाई छ : राष्ट्रपति
शासनमा बसेर खराब गर्नेलाई दण्डित गर्ने अधिकार जनतालाई छ : राष्ट्रपति
बजेटमा नारायणी रंगशाला नपरेपछि वीरगन्जका मेयर आक्रोशित
बजेटमा नारायणी रंगशाला नपरेपछि वीरगन्जका मेयर आक्रोशित