साँझको समयमा औद्योगिक क्षेत्रको विद्युत् कटौती हुने

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, पौष २, २०८१
|
|
५५ पटक हेरिएको
Shares
साँझको समयमा औद्योगिक क्षेत्रको विद्युत् कटौती हुने

सारांश

  • ४५६ मेगावाटको माथिल्लो तामाकोशीबाट उत्पादन सुरु नभएसम्म बढी विद्युत् माग हुने साँझको समय (पिक)मा औद्योगिक क्षेत्रको विद्युत् केही कटौती हुने भएको छ ।
  •  हिउँदयाम सुरुसँगै खोला तथा नदीहरुमा पानी घट्दा देशभित्रका नदी प्रवाही (आरओआर) जलविद्युत आयोजनाहरुको उत्पादन क्षमताभन्दा एक तिहाइ घट्ने तर पिक समयमा आन्तरिक माग धान्न भारतबाट विद्युत् आयात गर्न नपाउँदा औद्योगिक क्षेत्रको विद्युत केही कटौती गर्नु पर्ने अवस्था आएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ  ।
  • यस वर्ष  सञ्चालनमा रहेका जलविद्युत आयोजनाहरुमध्ये सबैभन्दा ठूलो ४५६ मेगावाटको माथिल्लो तामाकोशीबाट उत्पादन बन्द हुँदा हिउँदयामको पिक समयको विद्युत् व्यवस्थापनमा समस्या भइरहेको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।

२ पुस, काठमाडौं ।

४५६ मेगावाटको माथिल्लो तामाकोशीबाट उत्पादन सुरु नभएसम्म बढी विद्युत् माग हुने साँझको समय (पिक)मा औद्योगिक क्षेत्रको विद्युत् केही कटौती हुने भएको छ । हिउँदयाम सुरुसँगै खोला तथा नदीहरुमा पानी घट्दा देशभित्रका नदी प्रवाही (आरओआर) जलविद्युत आयोजनाहरुको उत्पादन क्षमताभन्दा एक तिहाइ घट्ने तर पिक समयमा आन्तरिक माग धान्न भारतबाट विद्युत् आयात गर्न नपाउँदा औद्योगिक क्षेत्रको विद्युत केही कटौती गर्नु पर्ने अवस्था आएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ  ।

यस वर्ष  सञ्चालनमा रहेका जलविद्युत आयोजनाहरुमध्ये सबैभन्दा ठूलो ४५६ मेगावाटको माथिल्लो तामाकोशीबाट उत्पादन बन्द हुँदा हिउँदयामको पिक समयको विद्युत् व्यवस्थापनमा समस्या भइरहेको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । कार्यकारी निर्देशक घिसिङले पिक समयमा औद्योगिकबाहेक अन्य ग्राहकको विद्युत् आपूर्ति कटौती गर्नु पर्ने अवस्था नरहेको प्रष्ट पारे ।

असोज ११ र १२ गतेको अविरला वर्षाका कारण माथिल्लो तामाकोशीका संरचनामा क्षति पुर्याएको थियो । आगामी पुस १० गतेभित्र विद्युत् उत्पादन सुरु गर्ने र त्यसको १५ दिनभित्रमा पिक समयमा चलाउने गरी माथिल्लो तामाकोशीको मर्मतसम्भार भइरहेको छ । विद्युत् माग कम हुने समयमा पानी जम्मा गरी आयोजनालाई पिक समयका ४ घण्टा पूर्ण क्षमतामा चलाउन सकिन्छ ।

भारतको केन्द्रीय विद्युत प्राधिकरणले नेपाल विद्युत प्राधिकरणलाई आगामी चैत २ गते (१५ मार्च २०२५)सम्म ढल्केबर–मुजफ्फपुर ४०० केभी क्रसबोर्डर प्रसारण लाइनमार्फत ६०० मेगावाट र टनकपुर–महेन्द्रनगर १३२ केभी प्रसारण लाइनबाट ५४ मेगावाट गरी दैनिक रुपमा ६५४ मेगावाटसम्म विद्युत् आयात अनुमति दिएको छ ।

तर, पिक समय साँझ ५ देखि रातको ९ बजेसम्म भने विद्युत आयात गर्न नपाउने व्यवस्था छ । त्यसपछि ३ चैत २०८१– १६ असार २०८२ (१६ मार्च–३० जुन २०२५)सम्म सोलार आवर अर्थात बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म मात्र आयात गर्न पाउने स्वीकृति दिइएको छ ।
कार्यकारी निर्देशक घिसिङले माथिल्लो तामाकोशी पनि बन्द रहेको र पिक समयका ४ घण्टा भारतबाट विद्युत् आयात गर्नसमेत नपाउँदा औद्योगिक क्षेत्रको विद्युत् केही कटौती गर्नु पर्ने वाध्यात्मक अवस्था सिर्जना भएको बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कोशीमा थपिए चार मन्त्री र दुई राज्यमन्त्री
कोशीमा थपिए चार मन्त्री र दुई राज्यमन्त्री
सबै प्रदेशमा हल्कादेखि भारी वर्षाको सम्भावना
सबै प्रदेशमा हल्कादेखि भारी वर्षाको सम्भावना
सशस्त्र प्रहरी बलसम्बन्धी विधेयक सर्वसम्मतिले स्वीकृत
सशस्त्र प्रहरी बलसम्बन्धी विधेयक सर्वसम्मतिले स्वीकृत
रासायनिक मलको सहज आपूर्ति सुनिश्चित गर्न सरकारसँग प्रचण्डको आग्रह
रासायनिक मलको सहज आपूर्ति सुनिश्चित गर्न सरकारसँग प्रचण्डको आग्रह
जनप्रतिनिधिको ६ दिन र कर्मचारीको ३ दिनको तलब पुनःनिर्माण कोषमा
जनप्रतिनिधिको ६ दिन र कर्मचारीको ३ दिनको तलब पुनःनिर्माण कोषमा
उज्यालो नेपाल पार्टीको औपचारिक घोषणा हुँदै, कुलमान पनि पुगे
उज्यालो नेपाल पार्टीको औपचारिक घोषणा हुँदै, कुलमान पनि पुगे
बागमती प्रदेशको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै
बागमती प्रदेशको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
राजुनाथ पाण्डेलाई काठमाडौँ महानगरले सोध्यो स्पष्टीकरण, चित्तबुझ्दो जवाफ नआए कारबाही
राजुनाथ पाण्डेलाई काठमाडौँ महानगरले सोध्यो स्पष्टीकरण, चित्तबुझ्दो जवाफ नआए कारबाही
आजको मौसम : यी प्रदेशहरुमा साधारणतया बदली रहने
आजको मौसम : यी प्रदेशहरुमा साधारणतया बदली रहने