जुवातास खेलिरहेको अवस्थामा काठमाडौँ र ललितपुरबाट १५ जना पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, मंसिर २७, २०८१
|
|
४५ पटक हेरिएको
Shares
जुवातास खेलिरहेको अवस्थामा काठमाडौँ र ललितपुरबाट १५ जना पक्राउ

सारांश

  • जुवातास खेलिरहेको अवस्थामा काठमाडौँ र ललितपुरबाट १५ जना पक्राउ परेका छन् ।
  • प्रहरी प्रधान कार्यालयका अनुसार काठमाडौंको टोखा नगरपालिका-१० स्थित गोंगबु गणेशस्थान बस्ने ६० वर्षीय युवराज शाहीको घरमा जुवातास खेलिरहेको अवस्थामा युवराज समेत ७ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
  • प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७२ हजार ५ सय रूपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो ।

 

काठमाडौं । जुवातास खेलिरहेको अवस्थामा काठमाडौँ र ललितपुरबाट १५ जना पक्राउ परेका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार काठमाडौंको टोखा नगरपालिका-१० स्थित गोंगबु गणेशस्थान बस्ने ६० वर्षीय युवराज शाहीको घरमा जुवातास खेलिरहेको अवस्थामा युवराज समेत ७ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७२ हजार ५ सय रूपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो ।  यसैगरी  ललितपुर महानगरपालिका-१४ तिखिदेवल बस्ने चमन सिंह घलेको घरमा जुवातास खेलिरहेको अवस्थामा  धादिङ घर भई काठमाडौं टोखा बस्ने ३६ वर्षीय लोर बहादुर गुरूङ समेत ८ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख २४ हजार ६ सय ७५ रूपैयाँ र १३ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?